Nepal Life Insurance

नेप्सेमा सामान्य सुधार, बीमा समुहमा पनि १४.९५ अंकको सुधार

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार १५:४५

Beema News

बीमा न्युज,
मंसिर ५, काठमाडौ । आज मंगलबार नेप्सेमा सामान्य सुधार आएको छ । मंगलबार नेप्से तीन दशमलब ०८ अंकले सुधार आएको हो । यस्तै बीमा समुहमा पनि १४.९५ अंकको सुधार देखिएको छ ।

मंगलबार बीमा समुहमा १४.९५ अंकको सुधार हुदाँ बीमा परिसुचक सात हजार आठ सय ९९ दशमलब ०६ विन्दुमा पुगेको छ । शुन्य दशमलब १९ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने सात करोड १६ लाख ५१ हजार छ सय रुपैँया भएको छ ।

मंगलबार बीमा समुहको धेरै कारोबार गर्नेमा तीन बीमा कम्पनी रहेका छन् । नेपाल लाइफको एक करोड ३२ लाख बराबरको कारोबार भएको छ । जुन शिर्ष सुचिको तेस्रो स्थानमा रहेका छन् । यस्तै चौथौं स्थानमा रहेको प्राइम लाइफको एक करोड १७ लाख बराबरको कारोबार भएको छ । शिर्ष सुचिको अन्तिम स्थानमा रहेको लुम्बिनी जनरलको ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै शिर्ष सुचिमा रहेका छन् । नेपाल लाइफको एक सय २५ पटक कारोबार भएको छ । मंगलबार धेरै कमाउनेमा हिमालयन जनरल मात्रै रहेका छन् तर गुमाउनेमा भने कुनै बीमा कम्पनी रहेका छैनन् ।

मंगलबार नेप्से ३.०८ अंकले सुधार आउदाँ १४ सय ७२ दशलमब २४ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका आठ लाख ४२ हजार छ सय ८२ कित्ता शेयरहरु चार हजार दुई सय ९० वटा कारोबारबाट ३५ करोड आठ लाख १८ हजार दुई सय ५१ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....