बीमा न्युज,
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने घोषण गरेको छ । हिमालयन जनरलले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको हो । मंसिर ५ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुंजी ३८ करोड ५२ लाखको १५ प्रतिशतले हुन आउने ५ करोड ७७ लाख ८० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ । संचालक समितिको उक्त प्रस्ताब आगामी २४ औ बार्षिक साधारणसभाले पारित गर्नेछ् । गत बर्ष इन्स्योरेन्सले २० प्रतिशत बोनस शेयर बितरण गरेको थियो ।
कम्पनीले गत आर्थिक बर्षमा १ अर्व ३० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । निर्जीवन बीमा कम्पनीमा बीमा समितिले तोकेको चुक्ता पुंजी एक अर्ब पुर्याउनेमा कम्पनी पहिला बनेको दाबी छ । बीमा समितिले २०७५ असार मसान्तसम्म जीवन बीमा कम्पनीलाई चुक्ता पुंजी दुई अर्ब र निर्जीबन बीमा कम्पनीलाई चुक्ता पुंजी एक अर्ब पुर्याउन निर्देशन दिएको छ ।