Nepal Life Insurance

बुधबार पनि नेप्सेमा सामान्य सुधार, बीमा समुहमा ५५.७२ अंकले बढ्यो

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार १६:१९

Beema News

बीमा न्युज,
मंसिर ६, काठमाडौ । आज बुधबार पनि नेप्सेमा सामान्य सुधार आएको छ । बुधबार नेप्से आठ दशमलब ०२ अंकले सुधार आएको हो । यस्तै बीमा समुहमा पनि ५५.७२ अंकको सुधार देखिएको छ । नेप्सेमा सुचिकृत समुह मध्ये फाइन्नस र अन्य समुह बाहेक सबैमा सुधार देखिएको हो ।


बुधबार बीमा समुहमा ५५.७२ अंकको सुधार हुदाँ बीमा परिसुचक सात हजार नौं सय ५४ दशमलब ७८ विन्दुमा पुगेको छ । शुन्य दशमलब ७१ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने पाँच करोड २३ लाख ८९ हजारमा सिमित भएको छ ।

बुधबार बीमा समुहको धेरै कारोबार गर्नेमा नेपाल लाइफ मात्रै रहेको छ । नेपाल लाइफको एक करोड २५ लाख बराबरको कारोबार भएको छ । जुन शिर्ष सुचिको सातौ स्थानमा रहेका छन् ।

कारोबार संख्याको आधारमा नेपाल लाइफ र हिमालयन जनरल शिर्ष सुचिमा रहेका छन् । नेपाल लाइफको एक सय ५९ पटक कारोबार भएको छ । यस्तै हिमालयन जनरलको एक सय एक पटक कारोबार भएको छ । बुधबार धेरै कमाउनेमा कुनै बीमा कम्पनीहरु रहेका छैनन् । तर गुमाउनेमा भने हिमालयन जनरल रहेको छ ।

 

बुधबार नेप्से ८.०२ अंकले सुधार आउदाँ १४ सय ८० दशलमब २६ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका नौं लाख ३१ हजार पाँच सय ३२ कित्ता शेयरहरु चार हजार दुई सय ४९ वटा कारोबारबाट ३४ करोड ८२ लाख ८३ हजार तीन सय ५२ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....