बीमा न्युज,
काठमाडौं । मौरीपालनमा आइपर्न सक्ने जोखिमलाई आर्थिक सुरक्षाको सुनिश्चितताको लागि बीमक र बीमित बीच हुने करार सझौता नै मौरी बीमा हो । बीमा अवधिभित्र मौरी घारको क्षति/हानी–नोक्सानी भएमा बीमाङ्कको सिमा भित्र रहि सम्बन्धित पक्षलाई भुक्तानी गर्छ । नेपाल सरकारले कृषि बीमा अन्र्तगत मौरी बीमामा पनि कुल बीमाङ्कको ७५ प्रतिशत अनुदान प्रदान गर्दछ ।
बीमालेखले सुनिश्चितता प्रदान गर्ने जोखिमहरू ;
मौरीघार बीमालेखको अवधिभित्र हानी–नोक्सानी भएमा बीमकले बीमाङ्क रकमको सिमा सम्म वास्तविक क्षतीको ९० प्रतिशत रकम सम्म बीमितलाई भुक्तानी गर्छ । आगलागी, चट्याङ, भूकम्प, बाढी/डुवान /खडेरी, पहिरो/भूस्खलन, आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, आकस्मिक/दुर्घटनाजन्य बाह्य कारणहरु, चरन प्रयोजनको लागि ढुवानी गरी ल्याउदा /लग्दा सवारी साधन दुर्घटनाको कारण, मौरी रोग/परजिवी र प्राकृतिक शत्रुहरुको महामारी, चरनमा वा घारमा विषदीले मौरी नष्ट भएमा क्षतिपुर्ति बराबरको दाबी रकम बीमितले भुक्तानी गर्दछ ।
दाबी भुक्तानी नहुने अवस्था ;
मह उत्पादन नभएमा, मौरी धनी वा निजका एकाघर परिवारका सदस्यको लापरवाहीको कारणले क्षति भएमा, मौरीघार चोरी भएमा, मौरी स्थानान्तर गर्दा, चरनमा लग्दा ल्याउदा बन्द हड्ताल, बाटोको समस्या वा अन्य कुनै कारणबाट ढिलाईभै मौरीघारमा क्षति भएमा बीमा दाबी रकम बराबरको भुक्तानी गर्दैनन् । मौरी धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा बीमक दाबीप्रति उत्तरदायी हुनेछैन ।
सर्तहरु ;
बीमा गर्दा वीमितहरुले निश्चित सर्तहरु पालना गर्नुपर्छ । अन्यथा कम्पनीले भुक्तानी नगर्न पनि सक्छ । त्यसैले प्रत्येक मौरी घारहरुलाई सुरक्षित तथा प्रष्ट सँग देखिने गरी सङ्केत चिन्ह लगाउनु पर्दछ । बीमकले चाहेको जुनसुकै समयमा मौरीघार निरिक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई मौरी धनीले परीक्षण गर्न दिनु पर्दछ । मौरी धनीले मौरीघारको क्षति/हानी–नोक्सानी भएमा तीन दिन भित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनुपर्छ ।
बीमाङ्क कसरी कायम गर्ने ;
बीमाङ्क कायम गर्दा प्रति मौरीघार (घार स्टेण्ड) सहितको वास्तविक खरिद मूल्य र प्रति मौरी गोला (मौरी सहित) को वास्तविक खरिद मूल्य बराबर बार्षिक औषत प्रति मौरी घार पालन तथा व्यवस्थापन खर्च गरी बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशत दरले लाग्नेछ । सदस्य संस्था मार्फत बीमा भएमा कुल बीमाशुल्कमा पन्ध्र प्रतिशत छुट हुन्छ । दोश्रो वर्ष नविकरण गरी बीमांक कायम गर्दा पहिलो वर्षको मूल्यमा २० प्रतिशतका दरले ह्रास कट्टी गरी नयां बीमांक कायम गर्दछ् ।
दाबी सम्बन्धी प्रक्रिया ;
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट मौरीधनीको मौरी÷घार को हानि नोक्सानी भएमा १५ दिनभित्र कारणसहित बैङ्क वा सदस्य संस्था मार्फत सक्कल बीमालेख, पूर्ण रूपले भरिएको दाबी फाराम, सम्बन्धित प्राविधिकको प्रतिवेदन, गा.वि.स/न. पा./वडा को सर्जमिन मुचुल्काको कागजातहरु बीमक समक्ष पेस गर्नु पर्छ ।