बीमा न्युज,
मंसिर ७, काठमाडौ । साताको अन्तिम दिन बिहिबार पनि नेप्सेमा सुधार आएको छ । बिहिबार नेप्से १३ दशमलब ०३ अंकले सुधार आएको हो । यस्तै बीमा समुहमा पनि २६.३१ अंकको सुधार देखिएको छ । नेप्सेमा सुचिकृत समुह मध्ये व्यापार समुह बाहेक सबैमा सुधार देखिएको हो ।
बिहिबार बीमा समुहमा २६.३१ अंकको सुधार हुदाँ बीमा परिसुचक सात हजार नौं सय ८१ दशमलब ०९ विन्दुमा पुगेको छ । शुन्य दशमलब ३३ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने आठ करोड ८० लाख १९ हजार आठ सय भएको छ ।
बिहिबार बीमा समुहको धेरै कारोबार गर्नेमा नेपाल लाइफ मात्रै रहेको छ । नेपाल लाइफको दुई करोड ६८ लाख बराबरको कारोबार भएको छ । नेपाल लाइफ शिर्ष सुचिको तेस्रो स्थानमा रहेको छ । कारोबार संख्याको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको एक सय ६३ पटक कारोबार भएको छ ।
बिहिबार धेरै कमाउनेमा कुनै बीमा कम्पनीहरु रहेका छैनन् । तर गुमाउनेमा भने हिमालयन जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रहेका छन् ।
बिहिबार नेप्से १३.०३ अंकले सुधार आउदाँ १४ सय ९३ दशलमब २९ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ६५ कम्पनीका १३ लाख ९१ हजार आठ सय ५३ कित्ता शेयरहरु पाँच हजार चार सय ८१ वटा कारोबारबाट ६८ करोड ५७ लाख २८ हजार तीन सय ५५ रुपैँयामा किनबेच भएका छन् ।