बीमा न्युज,
मंसिर ७, काठमाडौं । एनबी इन्स्योरेन्सको नाम तथा लोगो परिर्वतन भएको छ । गत कार्तिक ८ गते कम्पनी रजिष्ट्रारको कार्यलयवाट कम्पनीको नाम परिवर्तनको लागि सैदान्तिक अनुमति पाएको एनबीले आज बिहिबार देखि आइएमई जनरल इन्स्योरेन्सको नामवाट कारोबार गरेको हो ।
राजधानीमा आयोजित एक कार्यक्रममा आइएमई समुहका प्रबन्ध निर्देशक तथा कम्पनीका निर्देशक हेमराज ढकालले कम्पनीलाई तीन महिना सम्म रि ब्राण्डिङ र आक्रामक बजार विस्तार गर्ने बताउनु भयो । अब छोटो समयमै कम्पनीले नेपाली बीमा बजारमा अग्रणि कम्पनीको रुपमा आफ्नो स्थान सुरक्षित गर्ने समेत दाबी गर्नुभयो ।
कम्पनीको चुक्ता पुँजी ५४ करोड रहेको छ । त्यसमा थप ८० प्रतिशत हकप्रद शेयर जारी गरेर चालु आर्थिक बर्षमै ९५ करोड २० लाख चुक्ता पुँजी पुर्याउने र थप ५ प्रतिशत बोनस सेयर दिने योजना बनाएको छ । कम्पनीले असोज मसान्तसम्ममा २२ करोड प्रीमियम संकलन गरेर दुई करोड ५५ लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको जगेडा कोषमा २२ करोड रुपैंयाँ रहेको छ । चालु आर्थिक वर्षको वार्षिक प्रिमियम एक अर्ब २० करोड संकलन गरेर खुद नाफा २० करोड पुर्याउने कम्पनीको लक्ष्य रहेको छ ।
कम्पनीले १८ वटा नयाँ शाखा थप्ने योजना राखेको छ । कम्पनीको हाल २५ शाखा र १० वटा सेवा काउण्टरहरु रहेका छन् । शाखा विस्तारसंगै कम्पनीले कर्मचारीको संख्या पनि बढाउने योजना सर्वजनिक गरेको छ । हाल कार्यरत १६६ जना कर्मचारीको संख्यालाई बढाएर २५० जना पुर्याउने योजना बनाएको छ ।