बीमा न्युज,
काठमाडौं । बजाज ग्रान्ड एक्सचेञ्ज मेलामा नेको इन्स्योरेन्सले बीमा सेवा प्रदान गरेको छ । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको मेलामा नेकोले आफ्नो छुट्टै स्टल राखी सेवा प्रदान गरेको हो ।
कम्पनीले बजाज एक्सचेन्ज मेलामा मोटरसाइकल खरिद गर्दा ग्राहकलाई सहज सुविधा दिने उद्देश्यले बीमा सेवा प्रदान गर्न लागेको जनाएको छ । कार्यालयबाट नै नियमित रुपमा प्रदान गर्दै आएको बीमा सेवा प्रदर्शनी स्थलबाट नै दिन लागेको हो । यसबाट प्रदर्शनीबाट बजाज, पल्सर मोटरसाइकल खरिद गरेका ग्राहक लाभान्भिवत हुने कम्पनीको विश्वास छ ।
कम्पनीले मोटरसाइकलको बीमाका साथै तेस्रो पक्ष बीमा पनि प्रदान गर्दै आएको छ । यस योजनाले विभिन्न कारणबाट सवारी साधन वा तेस्रो पक्षलाई हानी पुग्दा क्षतिपूर्ति भुक्तानी गर्छ ।
बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले बिहीबारदेखि ‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने नाराका साथ भृकुटीमण्डपमा शुरू भएको मेला मंसिर ११ गतेसम्म सञ्चालन हुनेछ ।