Nepal Life Insurance

नेप्सेमा २१.०५ अंकको सुधार, बीमा समुह पनि ८२.१२ अंकले बढ्यो

प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार १५:२९

Beema News

बीमा न्युज,
मंसिर १०, काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्सेमा सुधार आएको छ । आइतबार नेप्से २१ दशमलब ०५ अंकले सुधार आएको हो । यस्तै बीमा समुहमा पनि ८२ दशमलब १२ अंकको सुधार देखिएको छ । नेप्सेमा सुचिकृत समुह मध्ये व्यापार समुह बाहेक सबैमा सुधार देखिएको हो ।


आइतबार बीमा समुहमा ८२.१२ अंकको सुधार हुदाँ बीमा परिसुचक आठ हजार ६३ दशमलब २१ विन्दुमा पुगेको छ । एक दशमलब ०३ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा कारोबार भने नौं करोड ५८ लाख २० हजार पाँच सय भएको छ ।

आइतबार बीमा समुहको धेरै कारोबार गर्नेमा नेपाल लाइफ मात्रै रहेको छ । नेपाल लाइफको दुई करोड ४९ लाख बराबरको कारोबार भएको छ । नेपाल लाइफ शिर्ष सुचिको चौंथौँ स्थानमा रहेको छ । कारोबार संख्याको आधारमा पनि नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको एक सय ७८ पटक कारोबार भएको छ ।

आइतबार धेरै कमाउनेमा र गुमाउनेमा कुनै बीमा कम्पनीहरु शिर्ष सुचिमा परेका छैनन् ।

 

आइतबार नेप्से २१.०५ अंकले सुधार आउदाँ १५ सय १४ दशलमब ३४ विन्दुमा पुगेको छ । नेप्सेमा एक सय ५५ कम्पनीका १० लाख ७४ हजार एक सय ९६ कित्ता शेयरहरु पाँच हजार छ सय ४१ वटा कारोबारबाट ५९ करोड चार लाख ४४ हजार नौं सय ११ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....