बीमा न्युज,
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सञ्चालक समितिले कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । सञ्चालक समितिको १४२ औं बैठकले कम्पनीको सीईयोमा नारायण कुमार भट्टराईलाई भट्टराईलाई चार वर्षका लागि नियुक्त गरेको हो ।
भट्टराईले पुने विश्वविद्यालयबाट बीएससी तथा मनिपुर विश्वविद्यालयबाट एमबीए हासिल गर्नु भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालमा करिब नौं वर्ष सेवा गरी २०६८ मंसिरमा भट्टराई गुराँस लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा नियुक्त हुनुभएको थियो । भट्टराई २०७० माघदेखि नायब महाप्रबन्धकमा पदमा कार्यरत हुनुहुन्थ्यो । त्यस अवधिमा उहाँ कम्पनीको मार्केटिङ विभाग प्रमुख, पुनर्बीमा विभाग प्रमुखको जिम्मेबारी निर्वाह गर्नुभएको छ ।
कम्पनीको देशभर ७ वटा क्षेत्रीय कार्यालय, २० वटा शाखा कार्यालय, ३६ वटा उपशाखा कार्यालय तथा ३ वटा एक्सटेन्सन कार्यालय रहेको छ ।