बीमा न्युज,
काठमाडौं । लुम्बिनी विकास बैंक र सुर्या लाइफ इन्स्योरेन्स बीच बैकासुरेन्स सम्झौता भएको छ । बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जाका ग्राहकलाई जीवन बीमा सेवा उपलव्ध गराउने उदेश्यले सुर्या लाइफ इन्स्योरेन्सँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा बैंकका तर्फवाट प्रमूख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र सुर्या लाइफका प्रमूख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार ग्राहकहरुले लुम्विनी विकास बैंकका सबै शाखामार्फत सुर्या लाइफका विभिन्न प्रकारका जीवन बीमा सेवाहरु प्राप्त गर्न सकिन्छ । यस्तै बीमा शूल्क भूक्तानी गर्न, बीमा लेख खरिद गर्न तथा बीमा दावी भूक्तानी प्राप्त गर्न समेत सहज हुनेछ ।
बैंकासुरेन्स के हो ?
बीमा व्यवसायको क्षेत्र विस्तार हुदै जाने क्रममा बैक तथा बीमा कम्पनीहरु सहकार्यमा बैंकमै बीमा गर्न सकिने सुबिधा नै बैंकासुरेन्स हो । विश्व बजारमा बैंकासुरेन्स धेरै पहिले नै प्रचलनमा आएको भए पनि नेपालमा भने भर्खरै सुरुवात भएको छ । बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै बीमा सम्बन्धी सेवा उपलब्ध गराउने भएकाले बीमा व्यवसायको विस्तारमा बैकासुरेन्सले थप योगदान दिने बीमा कम्पनीहरुको विश्वास रहेको छ ।
यो पनि पढ्नुहोस्…