बीमा न्युज,
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको पहिलो वार्षिक साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेपछि आईपीओ निष्कासनका लागि बाटो खुलाएको हो ।
सोमबार भैरहवामा भएको पहिलो साधारणसभाले सम्बन्धित निकायबाट स्वीकृति लिएर सर्वसाधारणका लागि छुट्टाइएको आईपीओ निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन अनुमति पाएको हो ।
साधारण सभाले शुलभ अग्रवाल, शेखर गोल्छा, संदिपकुमार अग्रवाल र जीवनकुमार अग्रवाललाई सर्वसम्मत रुपमा सञ्चालकमा निर्वा्चित गरेको युनियनले जनाएको छ । अध्यक्षका लागि छ हजार पाँच सय र सञ्चालकका लागि छ हजार रुपैयाँ बैठक भक्ता दिने प्रस्ताव पनि पारित गरेको छ ।
गत असोजमा कारोबार सुरु कम्पनीको दुई अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको छ । कम्पनीको प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयरको संस्थापक लगानी रहेको छ ।