Nepal Life Insurance

नगदेबाली अलैची खेतीको बीमा कसरी गर्ने ?

प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार १०:४४

Beema News

बीमा न्युज,

काठमाडौं । नेपालमा खेती गरिने विभिन्न नगदेबालीहरुमध्ये अलैंची खेती पनि महत्वपूर्ण नगदेबाली हो । बिषेशगरी अलैंचीलाई मसलाको रूपमा प्रयोग गरिन्छ । यस बाली उत्पादनको हिसाबले इलाम जिल्लाले प्रमुख स्थान ओगटेको छ । तर पछिल्लो समय नेपारभर विभिन्न करिब ४० जिल्लाहरुमा यसको व्यावसायिक खेती गर्दै आइरहेका छन् ।

आन्तरिक खपतको साथै बाह्य बजारमा पनि निकासी गर्न सकिने भएकोले यो खेतीले व्यवसायिक सफलता प्राप्त गरेको छ । आम्दानीको हिसाबले अन्य कतिपय बालीहरुको तुलनामा यस खेतीको महत्व समेत बढ्दै गइरहेको छ । त्यसैले यस खेतीमा हुन सक्ने संभावित जोखिमको सुरक्षा गर्न पनि जरुरी छ ।

कृषि बीमा अन्र्तगत नेपालमा रहेको विभिन्न निर्जीवन बीमा कम्पनीहरुले अलैची खेती बीमालेख लागु गरेको छ । यसले अलैची खेतीमा हुनसक्ने संभावित जोखिमलाई रक्षवण गर्दछ । जसले गर्दा किसानहरुलाई निर्धक्कसंग अलैची खेतीमा लाग्न सहयोग पुग्दछ । यदि अलैची खेतीको क्षति/हानी–नोक्सानी भएमा लागत मूल्य आधारमा क्षतिपूर्ति रकम बीमकले बीमितलाई भुक्तानी गर्दछ ।

 

अलैची बीमाको जोखिम
अलैची बीमा अवधि भित्र अलैची खेतीमा आगलागी, चट्याङ, भुकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भुस्खलन, आँधिबेहेरी असिना, हिउँ, तुसारो, आकस्मिक दुर्घटनाजन्य बाह्यकारण र किरा तथा रोगवाटहुने हुने हानी नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतिपूर्ति रकम भुक्तानी गर्दछ । बीमाङ्क रकमको सिमा सम्म वास्तविक क्षतिको ९० प्रतिशत रकम सम्म बीमितले भुक्तानी प्राप्त गर्दछ  ।

जोखिम बहन नर्गने अवस्था
अलैचीखेती धनी वा निजको एकाघर परिवारका सदस्यको लापरवाहीको कारणले क्षति भए, कानुनी निकायको आदेशमा बीमा गरिएको अलैची खेतीलाई नष्ट गर्नु परेमा, बीमा गरिएको अलैची चोरी भए, बीमितले आफ्नो जग्गा बिक्री वा स्वामित्व हस्तान्तरण गरेको अवस्थामा बीमा गरेवापतको रकम प्राप्त गर्ने छैन । अलैची खेती धनीले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण दिएमा वा जोखिम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा पनि बीमक दाबीप्रति उत्तरदायी हुने छैन । यस्तै अलैचीको बाँझोपनको कारणबाट अलैची उत्पादन नभएमा यस बीमालेखले सुरक्षा प्रदान गर्दैन् ।

शर्तहरु
जुनसुकै बालीको बीमा गर्दा बीमा समितिले लागु गरेको बीमा लेखका सर्तहरु अनिवार्य पालना गनुपर्दछ् । अन्यथा बीमा कम्पनीहरुले बालीको सुरक्षा बापतको भुत्तानी दिन बाध्य हुदैन् । अलैची खेतीमा कुनै रोग/किरा वा दुवै लागेमा अलैची खेती धनीले तत्काल आफ्नो खर्चमा उचित रेखदेख तथा उपचार गराउनु पर्दछ । अलैची खेती धनीले उचित रेखदेख तथा उपचार गराएको कागजात/प्रमाण सुरक्षित साथ राख्नु पर्दछ । बीमकले चाहेको जुनसुकै समयमा अलैची खेती परीक्षण/निरीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई अलैची खेतीको धनीले परीक्षण/निरीक्षण गर्न दिनु पर्नेछ ।

अलैची खेती धनीले अलैची खेतीको क्षति/हानी–नोक्सानी भएमा ३ दिन भित्र लिखित जानकारी स्वयम् वा सदस्य संस्था मार्फत बीमकलाई दिनु पर्दछ । अलैची बाली बीमालेख अन्तर्गत बीमित अलैची खेतीको क्षति भएको कारणबाट हुने अन्य वा थप खर्च वा हानी–नोक्सानीको दाबी गर्न पाइने छैन । अलैची खेती गरिने जग्गा भाँडामा लिई प्रयोग गरिएको अवस्थामा जग्गा धनी सँग भएको संझौताको प्रतिलिपी बीमा प्रस्ताव फारम साथ पेश गर्नु पर्दछ ।

अलैची खेतीको बीमा गर्नका लागि न्यूनतम आधा रोपनी जग्गा वा न्यूनतम ३०० वोट (गाँज) हुनु पर्दछ । अलैची खेतीको बीमा अलैची रोपिएको शुरु वर्ष देखी सोह्र बर्ष सम्म गर्न सकिनेछ । अलैची खेतीको जोखिम रक्षावरण तथा बीमा दाबी प्रति बोटको उत्पादन लागतको आधारमा गरिछ् ।

 

बीमाङ्क कसरी निर्धारण गर्ने
अलैचिको बीमाङ्क निर्धारण गर्दा प्रति बोटको लागत मुल्य हिसाब गरेर प्रति हेक्टर कति विरुवा छ त्यसको आधारमा बीमाङ्ग निर्धारण गरिन्छ् । प्रति हेक्टर लागत मुल्यमा जग्गाको तयारी देखी उत्पादन नदिदा सम्मको सम्पुर्ण खर्च र खेती सामाग्रिमा लाग्ने सम्पुर्णकर, कृषि उपकरणको ह्रास कट्टि, मर्मत संभार आदिको बास्तविक मुल्य निर्धारण गरेर बीमाङ्क निर्धारण गर्दछ् । बीमाङ्क गणना गर्दा नेपाल सरकारको सम्बन्धित निकायद्वारा अघिल्लो वर्ष तोकिएको औषत लागत मुल्यलाई  आधार मानी सो मूल्यमा पाँच प्रतिशतका दरले थपघट गर्न सकिन्छ । बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशत प्रति बालीका दरले लाग्नेछ । बीमा गर्दा कुल लागत मूल्यमा गर्नुपर्ने छ । अलैचीको बेर्ना लगाईसकेपछि मात्रै बीमा गर्नुपर्दछ । र बढीमा पाँच हजार प्रति हेक्टर बिरुवा का दरले बीमा गर्न सकिन्छ ।

दाबी सम्बन्धी प्रकृया
यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमितको अलैची खेतीको हानि भएमा सोको १५ दिन भित्र वा सो अवधि भित्र संभव नभएमा सोको कारण सहित संभव हुनासाथ बैङ्क वा सदस्य संस्था मार्फत सक्कल बीमालेख, पूर्ण रूपले भरिएको दाबी फाराम सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गा.प वा न.पा.वा वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी/संधियारको सर्जमिन मुचुल्का, क्षति भएको अलैचीको फोटो बीमक समक्ष पेस गर्नु पर्दछ ।

तर बीमा अवधि भित्र प्रति हेक्टर पाँच प्रतिशत भन्दा बढि बिरुवा क्षति भएमा मात्र बीमा दावी भुक्तानी दिइन्छ । बीमा अवधि भित्र बीमा गरिएको अलैची खेतीमा ७५ प्रतिशत भन्दा बढी क्षति भए पूर्ण क्षति अनुसारको दावी भुक्तानी प्रदान गर्दछ । बीमा अवधि भित्र बीमा गरिएको अलैचीको बोट मरेर नयाँ बिरुवा प्रतिस्थापन गरेको अवस्थामा नयाँ बिरुवाको आधारमा चालु बीमाशुल्क दर अनुसार बीमाशुल्क भुक्तानी गर्नु पर्दछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....