Nepal Life Insurance

नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दै

प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार १६:३३

Beema News

बीमा न्युज,
काठमाडौं । नेको इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने धितोपत्र बोर्डमा निबेदन दिएको छ । कम्पनीले चुक्ता पूँजीको ५० हकप्रद जारी गर्न मंसिर ५ गते निवेदन पेश गरेको धितोपत्र बोर्डले जनाएको छ ।

नेकोले दुई बराबर एक कित्ता अनुपातमा ३९ लाख २० हजार ९२८ कित्ता हकप्रद सेयर विक्री गर्न अनमुति माग गरेको हो । हकप्रद निष्काशन गर्नका लागि एनएमबि क्यपिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।

असोज १० गते सम्पन्न २२ औ बार्षिक साधारणसभाले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद प्रस्ताव पारित गरेको थियो । गत बर्षको १० प्रतिशत बोनसपछि इन्स्योरेन्सको चुक्ता पूँजी ७८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । प्रस्तावित हकप्रद विक्रीपछि नेकोको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख नाघ्नेछ ।

बीमा समितिले २०७५ असार मसान्तसम्ममा निर्जीवन जीवन बीमा कम्पनीलाई न्यूनतम एक अर्ब तथा जीवन बीमा कम्पनीलाई दुई अर्ब चुक्ता पूँजी कायम गर्न निर्देशन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले तीन करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिशेयर आम्दानी (वार्षिक) २० रुपैयाँ ३० पैसा र प्रतिशेयर नेटवर्थ एक सय ७७ रुपैयाँ ४४ पैसा छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....