बीमा न्युज,
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो वार्षिक साधारणसभा मंसिर २२ गते हुने भएको छ । सोहि दिन देखि कम्पनीले औपचारिक रुपमा कारोबार समेत आरम्भ गर्ने भएको छ । कम्पनीले पहिलो साधारण सभा र कार्यालय उद्घाटन गर्दै औपचारिक रुपमा सेवा आरम्भ गर्न लागेको हो ।
सनिमा लाइफ इन्स्योरेन्समा एनआरएनहरुको लगानी रहेको छ । यसका लगानी कर्ताहरुमा बद्रि प्रसाद ओझा, अरुण कुमार ओझा, डा. गोपाल प्रसाद श्रेष्ठ, जीवनाथ लामिछाने, घनश्याम थापा र डा. बिरेन्द्र प्रसाद महतो लगायतको लगानी रहेको छ । कम्पनीको अध्यक्षमा अरुण कुमार ओझा रहेका छन भने प्रमुख कार्यकारी अधिकृतका रुपमा केशब राज जोशीले हुनुहुन्छ ।
साभारण सभाले संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन हुने जानएको छ ।