बीमा न्युज,
काठमाडौं । बीमा समितिले बीमा ब्रोकर निर्देशिका ल्याउन मस्यौदा बनाउने तयारी पूरा गरेको छ । बीमा ऐन आएको झण्डै २५ वर्षपछि बीमा ब्रोकर सञ्चालनमा ल्याउन बिमा समिति जुटेको हो ।
मस्यौदा तयार पारेर बीमा समितिको सञ्चालक समिति समक्ष पेस भइसकेको बीमा समिति नियम विभाग प्रमुख शाम्भराज लामिछानेले जानकारी दिनुभयो । समितिले मस्यौदाको अध्ययन गरेर स्वीकृति दिने बित्तिकै निर्देशिका लागू हुने उहाँले जानकारी दिनुभयो ।
मस्यौदामा बीमा ब्रोकर कम्पनीको पुँजी कति हुने, ब्रोकर कम्पनी सञ्चालनका लागि योग्यता कति चाहिने, बीमा ब्रोकर लाइसेन्स पाउन संस्थाको रुपमा खुल्नुपर्ने, व्यक्तिलाई भन्दा ब्रोकर कम्पनीको रुपमा दर्ता भएकालाई मान्यता दिने, नियमन कसले गर्ने लगायत उल्लेख छ ।