Nepal Life Insurance

‘Know Your Product’ नेपाल लाइफ  इन्स्योरेन्सको  “नौलो धनवर्षा जीवन बीमा योजना”

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार ११:२३

Beema News

‘Know Your Product’  अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठकमाझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको  ‘Know Your Product’ मा नेपाल लाइफ  इन्स्योरेन्सको  “नौलो धनवर्षा जीवन बीमा योजना”

बीमा न्युज,
काठमाडौं । “आजको बचत र लगानी भोलिको समृद्ध जिन्दगानी” भन्ने मूल नाराका साथ नेपाल लाइफ इन्स्योरेन्सले “नौलो धनवर्षा जीवन बीमा योजना” नामक नयाँ सावधिक जीवन बीमा योजना कार्यान्वयनमा ल्याएको छ । यस योजनामा सिमित वर्षको लागि बीमा शुल्क भुक्तानीमा बीमा अवधिभर जोखिमको बहन हुन्छ । बीमा अबधि भित्र चार किस्तामा बीमांक रकम भुक्तानी गर्नुपर्दछ । यस योजनामा सहभागि हुन न्युनतम ५० हजार बीमांक रकम हुनुपर्दछ । त्यस देखि माथि आय स्रोतको आधारमा जतिको पनि बीमा गर्न सकिन्छ ।

यस बीमा योजनामा सहभागि हुन न्युनतम १६ वर्ष र अधिकतम ६० वर्षको हुनुपर्दछ । यस योजनाको बीमालेख ७० वर्षको उमेरमा सक्किन्छ । यो बीमा सीमित अवधिको लागि गर्ने गरिन्छ भने बीमितले बीमा शुल्क पनि सीमित अवधि भित्र भुक्तानी गरिसक्नु पर्दछ ।

बीमा अवधि

यो बीमा योजना १० वर्ष, १५ वर्ष, २० वर्ष र २५ वर्ष गरि चार अवधिमा छुट्टएको छ । बीमा शुल्क भुक्तानी अवधि एकल वा आठ वर्ष, एकल वा १२ वर्ष, एकल वा १६ वर्ष , एकल वा २० वर्षको रहेको छ । नौलौ धनवर्षा जीवन बीमा योजनामा सीमित अवधि पश्चात बीमा अवधि सम्म बीमा शुल्क भुक्तानी नगरे तापनि बीमालेख भने चालु रहिरहन्छ ।

बीमा योजना सुविधा 
यस योजनामा सीमित वर्षको बीमाशुल्क भुक्तानीमा बीमा अवधिभरि जोखिम बहन हुने बीमा अवधि समाप्त हुनु अगावै विभिन्न चार किस्तामा बीमाङ्क रकम भुक्तानी हुने, बीमा अवधि समाप्ति पछि आर्जित बोनस एकमुष्ट रुपमा प्राप्त हुने, एकल भुक्तानीको व्यवस्था, अपाङ्ग अशक्तताको सुविधा, बीमालेख धितोमा एक वर्षमा नै कर्जा उपलब्ध हुने जस्ता सुविधाहरू रहेका छन् ।

बीमाको ऐच्छिक सुविधामा दुर्घटना लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा समावेश भएको छ । ऐच्छिक सुविधा बीमाङ्क बराबर अधिकतम ५० लाख रुपैयाँ सम्म लिन सकिन्छ । ऐच्छिक सुविधा लिई बीमा अवधिमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा ऐच्छिक सुविधाको बीमाङ्क बराबर थप रकम उपलब्ध हुने र दुर्घटनाको कारणबाट अपाङ्ग अशक्त भएमा ऐच्छिक सुविधाको बीमाङ्क बराबरको रकम मासिक १२० किस्तामा उपलब्ध हुन्छ । बाँकी अवधिको बीमाशुल्क भुक्तानी गर्नु नपर्ने, साथै बीमालेख चालू रहि मृत्यु जोखिम बहन भइरहने, बीमालेखको शर्त बमोजिम धन फिर्ता हुने तथा अवधि समाप्तिमा बोनस समेत प्राप्त हुन्छ ।

 

छुटको योजना
बीमाङ्क रकममा पाँच लाख एक हजार रुपैयाँ देखि २५ लाख रुपैयाँ सम्ममा प्रति हजार ५० पैसा छुट हुन्छ । २५ लाख एक हजार देखि ५० लाख रुपैयाँ बीमाङ्कमा प्रति हजार एक रुपैयाँ छुट दिइन्छ । ५० लाख एक हजार देखि एक करोड सम्मको बीमाङ्क रकममा एक रुपैयाँ ५० पैसा छुट प्रदान गरिएको छ । एक करोड एक हजार भन्दा माथिको बीमाङ्क रकममा प्रति हजार दुई रुपैयाँ छुट हुन्छ ।

यस्तै बीमा शुल्क भुक्तानीको आधारमा पनि बीमा शुल्कमा छुटको व्यवस्था रहेको छ । बार्षिक रुपले बीमा शुल्क भुक्तानी गर्दा कुल बीमा शुल्कको दुई प्रतिशत छुट दिने व्यवस्था रहको छ । अर्ध वर्षिक रुपमा बीमा शुल्क भुक्तानी गर्दा एक प्रतिशत र मासिक रुपमा भुक्तानी गर्दा थप पाँच प्रतिशत छुट दिने व्यवस्था रहेको छ । तर त्रैमासिक रुपमा बीमा शुल्क भुक्तानी गर्दा भने छुटको व्यवस्था गरिएको छैन ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था
बीमाङ्क रकममा भुक्तानी पाउने अवस्था बीमा अबधि र भुक्तानी वर्षको आधारमा भुक्तानी प्राप्त गर्न सकिन्छ ।

पहिलो भुक्तानी अवधि १० वर्षको बीमा अवधि २ वर्षको बीमाङ्कको १० प्रतिशत भुक्तानी हुने , १५ वर्षको बीमा अवधि ३ वर्षको बीमाङ्कको १० प्रतिशत भुक्तानी हुने , २० वर्षको बीमा अवधि ४ वर्षको बीमाङ्कको १० प्रतिशत भुक्तानी हुने , २५ वर्षको बीमा अवधि ५ वर्षको बीमाङ्कको १० प्रतिशत भुक्तानी हुनेछ ।

दोस्रो भुक्तानी अवधि १० वर्षको बीमा अवधि ४ वर्षको बीमाङ्कको २० प्रतिशत भुक्तानी हुने, १५ वर्षको बीमा अवधि ६ वर्षको बीमाङ्कको २० प्रतिशत भुक्तानी हुने, २० वर्षको बीमा अवधि ८ वर्षको बीमाङ्कको २० प्रतिशत भुक्तानी हुने, २५ वर्षको बीमा अवधि १० वर्षको बीमाङ्कको २० प्रतिशत भुक्तानी हुने हुनेछ ।

तेस्रो भुक्तानी अवधि १० वर्षको बीमा अवधि ६ वर्षको बीमाङ्कको ३० प्रतिशत भुक्तानी हुने, १५ वर्षको बीमा अवधि ९ वर्षको बीमाङ्कको ३० प्रतिशत भुक्तानी हुने, २० वर्षको बीमा अवधि १२ वर्षको बीमाङ्कको ३० प्रतिशत भुक्तानी हुने, २५ वर्षको बीमा अवधि १५ वर्षको बीमाङ्कको ३० प्रतिशत भुक्तानी हुने हुनेछ ।

चौथो भुक्तानी अवधि १० वर्षको बीमा अवधि ८ वर्षको बीमाङ्कको ४० प्रतिशत भुक्तानी हुने, १५ वर्षको बीमा अवधि १२ वर्षको बीमाङ्कको ४० प्रतिशत भुक्तानी हुने, २० वर्षको बीमा अवधि १६ वर्षको बीमाङ्कको ४० प्रतिशत भुक्तानी हुने, २५ वर्षको बीमा अवधि २० वर्षको बीमाङ्कको ४० प्रतिशत भुक्तानी हुने हुनेछ ।

बीमा समाप्ति मिति १० वर्षको बीमा अवधि १० वर्षको आर्जित बोनस भुक्तानी हुने , १५ वर्षको बीमा अवधि १५ वर्षको आर्जित बोनस भुक्तानी हुने , २० वर्षको बीमा अवधि २० वर्षको आर्जित बोनस भुक्तानी हुने , २५ वर्षको बीमा अवधि २५ वर्षको आर्जित बोनस भुक्तानी हुनेछ ।
बीमालेख चालू रही बीमा अवधि समाप्ति मिति सम्म बीमित जीवित रहेमा बीमालेख अन्तर्गत बीमाङ्क रकम माथि उल्लिखित बमोजिमको किस्तामा भुक्तानी दिइनुका साथै आर्जित बोनस बीमालेख अवधि समाप्तिमा एकमुस्ट दिइने छ ।

बीमालेख चालू रही बीमा समाप्ति मिति अगावै बीमितको मृत्यु भएमा बीमाङ्क रकम र बीमालेखले आर्जन गरेको नियमानुसारको बोनस रकम एकमुष्ठ भुक्तानी दिइनेछ तर एकल बीमाशुल्क भुक्तानी तरिकामा बीमाङ्कको २.५ गुणाले हुने रकम र आर्जित बोनस एकमुस्ट भुक्तानी दिइनेछ । यसरी भुक्तानी गर्दा अवधि भुक्तानी बापत प्रदान गरेको रकम कट्टा गरिने छैन ।

 

 

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....