Nepal Life Insurance

प्रुडेन्सियल इन्स्योरेन्सको मुल्य समायोजन

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार १३:१०

Beema News

बीमा न्युज,
काठमाडौं । नेप्सेमा आज प्रुडेन्सियल इन्स्योरेन्सको मुल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २५ प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६८ रुपैयाँ रहेको छ, जसको आधार मूल्य प्रतिकित्ता ९६५ रुपैयाँ रहेको छ ।


कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ५२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिमा ३९ दशमलव २४ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीले एक करोड ८१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

४२ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १४ करोड ९६ लाख रुपैयाँ र बीमा कोषमा ३६ करोड ५० लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ३८ दशमलव ७० प्रतिशतले बढेर चार करोड ३८ लाख रुपैयाँ पुगेको छ भने खर्च ३८ दशमलव ४६ प्रतिशतले बढेर एक करोड ८५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) १२ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ भने आठ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (खुद) गरेको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....