बीमा न्युज,
मंसिर १८, काठमाडौ । आज सोमबार नेपाल स्टक एक्चेन्जमा गिरावट देखिएको छ । नेप्से १० दशमलब ९० अंकले गिरावट आउदा बीमा समुहमा पनि एक सय चार दमलब ५९ अंकले गिरावट आएको छ ।
सोमबार बीमा १०४.५९ अंकले घट्दा परिसुचक आठ हजार ३२ दशमलब ६२ विन्दुमा झरेको छ । शुन्य दशमलब २२ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहमा १२ करोड १९ लाख ५८ हजार रुपैयाँ कारोबार भएको छ ।
सोमबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा तीन बीमा कम्पनीहरु रहेका छन् । शिखर इन्स्योरेन्सको दुई करोड ८६ लाख बराबरको कारोबार भएर सुचिको तेस्रो स्थानमा रहेको छ । यस्तै युनाइटेड इन्स्योरेन्सको दुई करोड १५ लाख बराबरको कारोबार भएर छ । शिर्ष सुचिमा पर्न सफल एनएलजी इनस्योरेन्सको एक करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।
कारोबार संख्याको आधारमा तीन बीमा कम्पनीहरु रहेका छन् । शिखर इन्स्योरेन्सको दुई सय २२ पटक कारोबार भएको छ । यस्तै युनाइटेड इनस्योरेन्सको एक सय ३६ पटक र नेपाल लाइफको एक सय २९ पटक कारोबार भएको छ ।
सोमबार धेरै कमाउनेमा कुनै पनि बीमा कम्पनी रहेका छैनन् । तर गुमाउनेमा भने युनाइटेड इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् ।
सोमबार नेप्से १०.९० अंकले गिरावट आउँदा नेप्से परिसुचक १५ सय २६ दशलमब ७७ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५७ कम्पनीका १० लाख १६ हजार चार सय ९३ कित्ता शेयरहरु पाँच हजार पाँच सय ८६ वटा कारोबारबाट ५४ करोड २३ लाख ९३ हजार एक सय ४३ रुपैँयामा किनबेच भएका छन् ।