Nepal Life Insurance

‘Know Your Product’ नेपाल लाइफ  इन्स्योरेन्सको  “बाल शिक्षा बीमा योजना ”

प्रकाशित मिति: १९ मंसिर २०७४, मंगलवार ११:४२

Beema News

‘Know Your Product’  अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठक माझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको  ‘Know Your Product’ मा नेपाल लाइफ  इन्स्योरेन्सको  “बाल शिक्षा जीवन बीमा योजना ”

बीमा न्युज,

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु मध्ये बाल शिक्षा योजना एक हो । सुनिश्चित शिक्षा, सम्बृद्द भविष्य, र सुखी जीवन भन्ने मुल नाराका साथ नेपाल लाइफ इन्स्योरेन्सले बाल शिक्षा योजना र्कायान्वयनमा ल्याएको हो । यो बीमा आफ्नो प्रिय सन्ततिको सुनिश्चित भविष्य तथा उचित शिक्षा दिक्षा र सामाजिक कार्यको लागि आफ्नो र बच्चाको समेत जोखिम बहन हुने सावधिक जीवन बीमा हो ।

बाल शिक्षा बीमा योजना

 

नेपाल लाइफ इन्स्योरेन्सको सुनिश्चित भविष्य तथा शिक्षा सावधिक जीवन बीमाको लागि बच्चा जन्मे देखि १८ वर्षसम्म प्रवेश गर्न सकिन्छ भने प्रस्तावक २० वर्ष देखि ६५ वर्ष सम्मको हुनु पर्दछ । बाल शिक्षा योजनाको बीमा अवधि पाँच वर्ष देखि ३० वर्ष सम्मको हुन्छ । बीमा अवधि समाप्तिमा बच्चाको उमेर ३० वर्ष र प्रस्तावकको उमेर ७० वर्ष ननाघेको हुनु पर्दछ । बीमाङ्क ५० हजार रुपैंया देखि एक करोड सम्मको गर्न सकिन्छ । तर बच्चाको प्रस्तावकको बीमाङ्क अधिकतम २५ लाख रुपैयाँ सम्मको मात्रै हुनु पर्दछ । बच्चाको बीमाङ्कमा एक रुपैयाँ प्रति हजार जोखिम बहन शुल्क लाग्दछ ।

सुविधाहरु

बीमा अवधि समाप्ति सम्म प्रस्तावक जीवित भएमा प्रस्तावकको बीमाङ्क र आर्जित बोनस रकम प्रस्तावकलाई एकमुस्ट भुक्तानी हुन्छ । बीमा अवधि भित्र प्रस्तावक (बीमित) को मृत्यु भएमा, उक्त अवधि सम्मको आर्जित बोनस रकम भुक्तानी हुने र त्यस पछि भुक्तानी गर्नुपर्ने बीमाशुल्कमा छुट हुन्छ ।

प्रस्तावकको मृत्यु पश्चात बीमा अवधि समाप्ति सम्म प्रत्येक वर्ष प्रस्तावकको बीमाङ्कको १० प्रतिशत रकम भुक्तानी हुन्छ । बीमा अवधि समाप्तिमा वार्षिक १० प्रतिशतका दरले भुक्तानी दिइ बाँकि रहन गएको बीमाङ्क रकम भुक्तानी हुन्छ ।

 

जोखिम प्रारम्भ भए पश्चात बच्चाको मृत्यु भएमा बच्चाको बीमाङ्क बराबर रकम भुक्तानी हुन्छ र बीमा योजना चालु रहिरहनेछ । त्यसको लागि नियमित बीमाशुल्क भुक्तानी गनुपर्दछ । बीमा चालु भएको एक वर्ष पश्चात बीमालेख धितो राखि ऋण सुविधा लिन सकिन्छ । प्रस्तावकको मृत्यु भई वा नभई बीमा अवधि समाप्तिमा बच्चा जिवितै रहेमा बच्चाको बीमाङ्क वापतको कुनै रकम उपलब्ध हुदैंन । बीमा प्रारम्भ भएको दुई वर्ष पश्चात वा बच्चाको उमेर ५ वर्ष पुरा भए पछि बच्चाको जोखिम बहन हुन्छ ।

विशेषताहरू

बच्चा जन्मे देखि १८ वर्ष सम्मको व्यक्तिको जीवन बीमा गर्न सकिनेछ । एकै बीमालेखमा बच्चा तथा प्रस्तावक (बाबु वा आमा) दुइ जनाको जीबन बीमा हुन्छ । बीमा समाप्तिमा प्राप्त रकम आफ्नो छोरा छोरीको उच्च शिक्षा तथा सामाजिक कार्यमा प्रयोग गर्न सकिन्छ । बीमा अवधिमा प्रस्तावक (बाबु वा आमाको) कदंकदाचित मृत्यु भएमा छोरा छोरीको शिक्षाको लागि वार्षिक रकम प्राप्त हुने हुँदा बच्चाको पालन तथा शिक्षाको सुनिश्चितता हुन्छ । बीमा चालु भएको एक वर्ष पश्चात ऋण सुविधा उपलब्ध हुने हुँदा सदैव तरलताको सुविधा हुन्छ ।

छुटको योजना

यस योजनामा बीमा शुल्क भुत्तानी र बीमाङ्क रकमको आधारमा छुटको व्यवस्था गरेको छ । पाँच लाख भन्दा देखि १० लाख सम्मको बीमाङ्क रकममा  प्रति हजार एक रुपैयाँ छुट हुन्छ । यस्तै १० लाख भन्दा माथिको बीमाङ्कमा प्रति हजार दुई रुपैंयाँ छुट प्रदान गरिनेछ ।

 

बीमा शुल्कमा थप (भुक्तानी तरिका अनुसार) वार्षिक थप शुल्क नलाग्ने
यस अर्ध वार्षिक बीमा शुल्कमा थप १ प्रतिशत लाग्नेछ । त्रैमासिक बीमा शुल्कमा थप २ प्रतिशत लाग्नेछ ।मासिक बीमा शुल्कमा थप ३ प्रतिशत लाग्नेछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....