बीमा न्युज,
मंसिर १९, काठमाडौ । आज मंगलबार नेपाल स्टक एक्चेन्जमा सामान्य गिरावट देखिएको छ । नेप्से एक दशमलब ९० अंकको सामान्य गिरावट आउदा बीमा समुहमा भने २७ दशमलब ४ अंकले बढेको हो ।
मंगलबार बीमा २७ दशमलब ४ अंकले सुधार आउँदा परिसुचक आठ हजार ६० दशमलब ०२ विन्दुमा पुगेको छ । शुन्य दशमलब ३४ प्रतिशत अंकले परिवर्तन हुदा बीमा समुहको ११ करोड ३५ लाख १३ हजार रुपैयाँ कारोबार भएको छ ।
मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा तीन बीमा कम्पनीहरु रहेका छन् । प्राइम लाइफ इन्स्योरेन्सको प्रमोटर शेयर छ करोड १७ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको दोस्रो स्थानमा रहेको छ । शिखर इन्स्योरेन्सको तीन करोड ९८ लाख बराबरको कारोबार भएर सुचिको तेस्रो स्थानमा पर्न सफल भएको छ । यस्तै नेपाल लाइफको एक करोड तीन लाख बराबरको कारोबार भएको छ ।
कारोबार संख्याको आधारमा दुई बीमा कम्पनीहरु शिर्ष स्थानमा रहेका छन् । शिखर इन्स्योरेन्सको दुई सय आठ पटक कारोबार भएको छ । यस्तै नेपाल लाइफको ९६ पटक कारोबार भएको छ । मंगलबार धेरै कमाउनेमा एशियन लाइफ इन्स्योरेन्स रहेको छ । तर गुमाउनेमा कुनै पनि बीमा कम्पनी रहेको छैनन ।
मंगलबार नेप्से एक दशमलब ९० अंकले गिरावट आउँदा नेप्से परिसुचक १५ सय २४ दशलमब ८७ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ६३ कम्पनीका १० लाख ८२ हजार तीन सय आठ कित्ता शेयरहरु चार हजार आठ सय ६३ वटा कारोबारबाट ५७ करोड ७७ लाख ६४ हजार चार सय २६ रुपैँयामा किनबेच भएका छन् ।