‘Know Your Product’ अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठक माझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको ‘Know Your Product’ मा नेपाल लाइफ इन्स्योरेन्सको “जीवन लक्ष्मी बीमा योजना”
बीमा न्युज,
काठमाडौं । जीवन लक्ष्मी बीमा योजना नेपाल लाइफ इन्स्योरेन्सको बीमा योजना हो । यस बीमा योजनामा १० हजार रुपैंया देखि एक लाख रुपैंया सम्मको बीमा गर्न सकिन्छ । यस योजनामा सहभागि हुन न्युनतम १६ वर्ष र आधिकतम ५० वर्ष पुगेको हुनुपर्दछ । यो बीमाको अवधि भने सात वर्ष देखि २५ वर्ष सम्म रहेको छ । अधिकतम ६० वर्षको उमेरमा बीमा योजना समाप्ति हुनेछ ।
बीमाड्क भुक्तानी दिने अवस्था
(सिङ्गल) बीमा अवधिभर बीमालेख चालु रहेमा बीमाङ्क र सो अवधिको बोनस एकमुष्ट भुक्तानी दिईनेछ ।(डबल) बीमा अवधिभित्र चालु बीमालेख अन्तर्गत बीमितको प्राकृतिक मृत्यु भएमा मुल बीमाङ्कको दुइ गुणा बीमाङ्क र नियमानुसारको बोनस एकमुष्ट भुक्तानी गर्दछ ।(ट्रिपल) बीमा अवधिभित्र चालु बीमालेख अन्तर्गत दुर्घटनाको कारणबाट बीमितको मृत्यु भएमा मुल बीमाङ्कको तिन गुणा बीमाङ्क र नियमानुसारको बोनस एक मुष्ट भुक्तानी गर्दछ ।
बीमा शुल्क भुक्तानी तरिका
यस कम्पनीबाट प्रस्तुत गरिएको सुरक्षित, धनवर्षा, केटाकेटी, छोराछोरी तथा जीवन सहारा जीवन बीमामा बाषिर्क, अर्धबाषिर्क तथा त्रैमासिक बीमा शुल्क भुक्तानी गर्नु पर्नेछ भने यस बीमा योजनामा बार्षिक र अर्धबार्षिक मात्र बीमा शुल्क भुक्तानी गर्नु पर्दछ ।