Nepal Life Insurance

‘Know Your Product’ नेपाल लाइफ इन्स्योरेन्सको “म्यादी जीवन बीमा योजना”

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार १३:५०

Beema News

‘Know Your Product’ अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठक माझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको ‘Know Your Product’ मा नेपाल लाइफ इन्स्योरेन्सको “म्यादी जीवन बीमा योजना ”

बीमा न्युज,
काठमाडौं । म्यादी जीवन योजना नेपाल लाइफ इन्स्योरेन्सको एउटा जीवन बीमा योजना हो । कम बीमाशुल्क तिरे पछि मृत्युको जोखिम बहन गर्न सकिन्छ ।

बैंक तथा वित्तीय संस्थामा ऋण लिएर अचानक मृत्यु भएमा परिवारका सदस्यहरुले उक्त ऋण चुक्ता गर्नुपर्ने हुन्छ । र ऋण चुक्ता गर्न नसके घर जायजेथा नै लिलाम हुने स्थिति आउन सक्छ तर यस योजनामा सहभागि भएको बीमितको मृत्यु भएमा कम्पनीले नै ऋण भुक्तानी गर्दछ । त्यसैले म्यादी जीवन बीमा गरी मृत्यु जोखिमको व्यवस्थापन गर्नु बुद्धिमानी हुन्छ ।

विशेषताहरु
कम बीमाशुल्कमा मृत्यु जोखिम बहन हुन्छ । ऋण रकम बराबरको म्यादी जीवन बीमा गरेको अवस्थामा बीमितको मृत्यु भएमा ऋण लिएको रकम बैंक तथा वित्तीय संस्थालाई भुक्तानी बीमकले भुक्तानी गर्दछ । त्यसैले परिवारका सदस्यहरु त्यस चिन्ताबाट मुक्त हुन सक्छन् । बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमालेखमा उल्लेख गरिएको ब्यक्ति अथवा संस्थालाई बीमाङ्क रकम भुक्तानी गर्दछ । बीमा अवधि पश्चात बीमितको मृत्यु भए कुनैपनि रकम भुक्तानी हुदैन ।

यस बीमा योजनामा सहभागि हुन न्यूनतम १० हजार रुपैयाँ बीमाङ्क रकम हुनुपर्दछ । अधिकतम आयस्रोतका आधारमा निर्धारण गर्न सकिन्छ । योजनामा सहभागि हुन न्यूनतम उमेर १८ वर्ष र अधिकतम ६० वर्ष हुनुपर्दछ । बीमा अवधि ५, १०, १५, २०, २५ र ३० वर्ष सम्मको रहेको छ । अधिकतम बीमा समाप्ती उमेर ६५ वर्ष हुनुपर्दछ । बीमाको न्यूनतम समूह संख्या २५ जना हुनुपर्नेछ ।

बीमा शुल्क छुट सुविधा
१० लाख भन्दा बढी बीमाङ्क रकममा पाँच प्रतिशत बीमाशुल्क छुट पाइन्छ । यस योजनामा ऋण , समर्पण मूल्य चुत्ता र बोनसको ब्यवस्था गरिएको छैन् ।

तलब बचत योग्यता
कुनैपनि संस्थाले न्यूनतम १५ जना कर्मचारी रहने गरि उनिहरुको सहमतिमा मासिक बीमा शुल्क बुझाउने गरि जीवन बीमा गराउन सक्नेछन् । यसरी जीवन बीमा गर्दा मासिक रुपमा बीमा शुल्क भुक्तानी गर्दा लाग्ने अतिरिक्त दस्तुर बुझाउनु पर्दैन् । सुरक्षित, जीवन सम्बृद्धि, जीवन साहारा तथा जीवन लक्ष्मी बीमा तलब बचत योजना अन्तर्गत पर्दछ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....