‘Know Your Product’ अन्र्तगत नेपालको इन्स्योरेन्स कम्पनीहरुको बीमा योजनाहरु पाठक माझ पुर्याउने प्रयास गरेका छौं । पहिलो चरणमा बीमा योजनाको बारेमा जानकारी गराउने छौं भने दोस्रो चरणमा योजनाको तुलनात्मक विश्लेषण गर्ने जमर्को पनि गर्नेछौं । आजको ‘Know Your Product’ मा नेपाल लाइफ इन्स्योरेन्सको “सुरक्षित जीवन बीमा योजना”
बीमा न्युज,
काठमाडौं, सुरक्षित जीवन बीमा सावधिक बीमा योजना अनर्तगतको बीमा योजना हो । यो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक लोकप्रिय योजना हो । यस योजनामा सहभागि हुन न्युनतम ११ बर्ष र अधिकतम ६० बर्ष पुग्नु पर्दछ । यस बीमालेखमा परिपक्व उमेर ६५ बर्ष तोकिएको छ । बीमा अवधि पाँच वर्ष देखि ५० वर्ष सम्मको रहन्छ । कम्पनीले यस बीमा योजना अन्र्तगत कम्तीमा २५ लाख र बढीमा बीमितको आय श्रोतको आधारमा बीमांक कायम गर्न सकिन्छ ।
बीमाशुल्क
यस योजनामा वार्षिक, अर्धवार्षिक र त्रैमासिक रुपमा बीमाशुल्क भुक्तानी गर्नु पर्दछ । जस्तै यदि ३० बर्षे व्यक्तिले २० बर्षका लागि एक लाखको जीवन बीमा गराउँदा बार्षिक ४८ सय ९६ रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नु पर्दछ । बीमा अवधि समाप्ति भएपछि कम्पनीले एक लाख र २० बर्षसम्मको एकमुष्ट बोनस रकम प्रदान गर्दछ । यदि बीमितको बीमा समाप्ति अवधि अगावै मृत्यु भएमा बीमाङ्क रकम एक लाख रुपैयाँ र त्यस अवधि सम्मको बोनस प्राप्त गर्दछ ।
बीमा योजनाका विशेषताहरु
यस बीमा योजना अन्तर्गत बोनस, बीमितको मृत्यु वा बीमा समाप्ति अवधि जुन पहिला आउछ त्यही समयमा भुक्तानी गर्छ । यो बीमालेखमा बीमक र बीमितको बिच भएको सहमति अनुसार एउटा निश्चित अवधि तोकि सो अवधिसम्म बीमाशुल्क तिर्नुपर्ने गरि बीमालेख जारी गर्दछ । यस बीमालेख अन्र्तगत दुई बर्ष बीमाशुल्क तिरी सकेका बीमितलाई समर्पण मुल्यमा ९० प्रतिशत सम्म ऋण प्रदान गर्दछ । बीमा अवधि भित्र कुनै पनि कारणबाट बीमितको मृत्यु भएमा बीमाङ्क रकम र समानुपातिक आर्जन गरेको बोनस इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्दछ ।
यस योजनामा दुर्घटना मुत्यु लाभ, अशक्तता लाभ तथा प्रिमियम छुट सुविधा पनि समावेश गरिएको छ ।