बीमा न्युज,
मंसिर २४ , काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्चेन्जमा गिरावट देखिएको छ । नेप्से छ दशमलव ०५ अंकले गिरावट आउँदा बीमा समुहमा पनि ७२ दशमलव ८२ अंकले घटेको छ ।
आइतबार बीमा समूह ७२ दशमलव ८२ अंकले घट्दा परिसुचक आठ हजार ५५ दशमलव ८३ बिन्दुमा झरेको छ । शुन्य दशमलव नौं प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहको ११ करोड १८ लाख ९५ हजार रुपैंया कारोबार भएको छ ।
आइतबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा तीन बीमा कम्पनीहरु रहेका छन् । सुर्या लाइफको एक करोड ३५ लाख बराबरको कारोबार भएर शिर्ष सुचिको सातौ स्थानमा रहको छ । यस्तै नेपाल लाइफ र गुरासँ लाइफको पनि एक करोड २० लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै शिर्ष सुचिमा रहेको छ । नेपाल लाइफको एक सय १४ पटक कारोबार भएको छ । आइतबार धेरै कमाउनेमा शिर्ष सुचिमा कुनै पनि बीमा कम्पनी नरहेपनि गुमाउनेमा भने युनाइटेड इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको प्रामोटर शेयर रहेको छ ।
आइतबार नेप्से छ दशमलब ०५ अंकले गिरावट आउँदा नेप्से परिसुचक १५ सय ३० दशलमब ४९ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५८ कम्पनीका १२ लाख १२ हजार सात सय ८० कित्ता शेयरहरु छ हजार पाँच सय ७१ वटा कारोबारबाट ८४ करोड ७० लाख ७० हजार ८० रुपैँयामा किनबेच भएका छन् ।