Nepal Life Insurance

सिटिजन लाइफको शाखा विस्तार, चुक्तापुंजी दुई अर्ब ५० करोड पुर्याउन आइपिओ जारी गर्ने

प्रकाशित मिति: २५ मंसिर २०७४, सोमबार १३:२०

Beema News

बीमा न्युज,
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार भएको छ । कम्पनीले काठमाडौंकोे कान्तिपथमा नयाँ शाखा विस्तार गरेको हो । नयाँ शाखाको उद्घाटन कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले गर्नुभएको हो ।


शाखा कार्यालय संचालन पश्चात सर्वसाधारणहहरुमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग पुग्ने कम्पनीले विश्वास गरेको छ । हाल कम्पनीको मुलुकभर २५ शाखाहरु रहेकाछन । कम्पनीले गत कार्तिक २ गते देखि व्यवसायिक कारोबार शुभारम्भ गरेको थियो ।

कम्पनीको अधिकृत पुंजी तीन अर्व रुपैयाँ रहेको छ । यस्तै जारी पुंजी दुई अर्ब ५० करोड रहेको छ । जसमध्ये संस्थापकको ७० प्रतिशतले हुने रकम एक अर्व ७५ करोड चुक्ता पुंजी रहेको यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणका लागि शेयर जारी गरी चुक्तापुंजी दुई अर्ब ५० करोड पुर्याउने जनाएको छ । कम्पनीका प्रवद्र्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकर तथा व्यवसायिक संस्थाहरु रहेका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....