बीमा न्युज,
मंसिर २५, काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्चेन्जमा गिरावट देखिएको छ । नेप्से दुई दशमलव ७४ अंकले गिरावाट आउँदा बीमा समूहमा पनि २६ दशमलव ७३ अंकले घटको हो ।
सोमबार बीमा समुह २६ दशमलव ७३ अंकले घट्दा परिसुचक आठ हजार २९ दशमलव १० बिन्दुमा झरेको छ । बीमा समुह शून्य दशमलव ३३ प्रतिशत अंकले परिवर्तन हुँदा पाँच करोड ३१ लाख १९ हजार छ सय रुपैंयाको कारोबार भएको छ ।
सोमबार बीमा कम्पनीहरुमा सबैभन्दा धेरै करोबार गर्ने शिर्ष सुचिमा प्राइमलाइफ इन्स्योरेन्सको प्रमोटर शेयर रहेको छ । प्राइम लाइफको चार करोड ७५ लाख बराबर कारोबार भएर शिर्ष सुचिको दोस्रो स्थानमा रहेको छ ।
कोरोबार संख्याको नेपाल लाइफ मात्रै शिर्ष सुचिमा पर्न सफल भएको छ । नेपाल लाइफको एक सय ३८ पटक कारोबार भएर सुचिको तेस्रो स्थानमा रहेको छ ।सोमबार धेरै कमाउने र गुमाउनेमा कुनैपनि बीमा कम्पनीहरु रहेका छैनन ।
सोमबार नेप्से दुई दशमलव ७४ अंकले गिरावट आउँदा नेप्से परिसुचक १५ सय २७ दशमलव ७५ बिन्दुमा झरेको छ । नेप्सेमा एक ५७ कम्पनीका आठ लाख ५६ हजार एक सय १८ कित्ता सेयरहरु चार हजार एक सय एक कारोबारबाट ४६ करोड ४५ लाख ५० हजार छ सय १८ रुपैंयामा किनबेच भएका छन् ।