बीमा न्युज,
मंसिर २६, काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्चेन्जमा गिरावट आएको छ । नेप्से १७ दशमलव ५४ अंकले गिरावट आउँदा बीमा समूहमा पनि एक सय ६६ दशमलव १७ अंकले घटेको छ ।
मंगलबार बीमा समूह एक सय ६६ दशमलव १७ अंकले गिरावट हुदाँ परिसुचक सात हजार आठ सय ६२ दशमलव ९३ बिन्दुमा झरेको छ । बीमा समूहमा दुई दशमलव सात अंकले परिवर्तन हुँदा ११ करोड २३ लाख एक हजार बराबरको कारोबार भएको छ ।
बीमा समूहमा मंगलबार धेरै कारोबार गर्ने शिर्ष सुचिमा तीन बीमा कम्पनीहरु रहेका छन । राष्ट्रिय बीमा कम्पनी प्रमोटर शेयरको पाँच करोड ९८ लाख बराबरको कारेबार भएर शिर्ष सुचिको पहिलो स्थानमा रहेको छ । राष्ट्रिय बीमा कम्पनीकै साधारण शेयर पनि दुई करोड ९५ लाख बारबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ । यस्तै प्राइम लाइफ इन्स्योरेन्सको प्रमोटर शेयर तीन करोड ८० लाखको कारोबार भएको छ । यसै गरि नेशनल लाइफ इन्स्योरेन्सको दुई करोड १० लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।
कारोबार संख्याको आधारमा राष्ट्रिय बीमा कम्पनी शिर्ष स्थानमा रहेको छ । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर एक सय ८१ पटक कारोबार भएको छ । यस्तै यहि कम्पनीको साधारण शेयर एक सय २४ पटक कारोबार भएको छ । मंगलबार धेरै कमाउनेमा शिर्ष सुचिमा कुनै पनि बीमा कम्पनी नरहे पनि गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी साधारण शेयर सहित प्रमोटर शेयरसंगै प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन जेनरल इन्स्योरेन्स रहेका छन् ।
मंगलबार नेप्से १७ दशमलव ५४ अंकले गिरावट आउँदा नेप्से परिसुचक १५ सय १० दशमलव २१ बिन्दुमा झरेको छ । नेप्सेमा एक सय ५७ कम्पनीका ११ लाख १८ हजार पाँच सय ६३ कित्ता शेयरहरु चार हजार नौ सय ५२ वटा कारोबारबाट ६६ करोड ९२ लाख ११ हजार एक सय ८१ रुपैंयामा किनबेच भएका छन ।