बीमा न्युज,
काठमाडौं । मेटलाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक बिच बैंकासुरेन्स सम्झौता भएको छ । बैंले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्देश्यले मेटलाईफ इन्सोरेन्ससँग बैंकासुरेन्स सम्झौता गरेको हो ।
बैंकासुरेन्स सम्झौता पत्रमा बैंकका कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मेटलाइफका तर्फबाट उपाध्यक्ष निर्मल काजी श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । ग्लोबल आइएमई बैंकका ग्राहकले सम्पूर्ण शाखा मार्फत छिटो, छरितो तथा सहजरुपमा मेटलाइफको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिन्छ ।
ग्लोबल आइएमई बैंकका मुलुकभर १०८ शाखाहरु रहेका छन् ।