बीमा न्युज,
मंसिर २७, काडमाडौं । बुधबार नेपाल स्टक एक्चेन्जमा सामान्य सुधार आएको छ । नेप्से १० दशमलव ५३ अंकले वृद्धि भएको हो । यता बीमा समूहमा पनि ५२ दशमलव ४८ अंकले बृद्धि भएको छ ।
बुधबार बीमा समुहमा १० दशमलव ५३ अंकले सुधार हुँदा परिसुचक सात सय ५६ दशमलव १७ बिन्दुले बढेको छ । एक दशमलव ९४ अंकले परिवर्तन हुँदा बीमा समूहको एक करोड ९७ लाख ४४ हजार नौ सय रुपैंया कारोबार भएको छ ।
बुधबार बीमा समूहको धेरै कारोबार गर्ने सुचिको शिर्ष स्थानमा राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर २६ करोड ६७ लाख बराबरको कारोबार भएर तेस्रो स्थानमा रहेको छ । यस्तै राष्ट्रिय बीमा कम्पनी कै साधारण शेयर १७ करोड ९१ लाख बराबरको कारोबार भएर शिर्ष सुचिमा पर्न सफल भएको छ ।
कारोबार संख्याको आाधारमा राष्ट्रिय बीमा कम्पनी मात्रै रहेको छ । राष्ट्रिय बीमा कम्पनीको ७५ पटक कारोबार भएको छ । बुधबार धेरै कमाउनेमा सिद्धार्थ इन्स्योरेन्स मात्रै रहेको छ । गुमाउनेमा भने कुनैपनि बीमा कम्पनीहरु रहेका छैनन् ।
बुधबार नेप्से १० दशमलव ५३ अंकले वृद्धि हुँदा नेप्से परिसुचक १५ सय २० दशमलव ७४ अंकले वृद्धि भएको छ । नेप्सेमा एक सय ६४ कम्पनीका १० लाख ४३ हजार आठ सय ८७ कित्ता शेयरहरु तिन हजार आठ सय ७७ वटा कारोबारबाट ४८ करोड ५८ लाख ११ हजार दुई सय ९८ रुपैंयामा किनबेच भएका छन ।