बीमा न्युज,
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आज बिहिबार देखि औपचारिक कारोबार सुरु गरेको छ । स्टार लाइफ इन्स्योरेन्सबाट नाम परिवर्तन भएर प्रभु लाइफ बनेको कम्पनीले आजदेखि कारोबार शुभारम्भ गरेको हो ।
कम्पनीको उद्घाटन बीमा समितिको अध्यक्ष चिरञ्जीवी चापाँगाइले गर्नुभयो । कम्पनीको उद्घाटन कार्यक्रम उहाँले बीमा कम्पनीहरुले नयाँ नयाँ प्रविधिको प्रयोग गरेर आधुनिक प्रोडक्टहरु ल्याउन आग्रह गर्नुभयो । त्यस्ता प्रोडक्टहरुलाई बीमा समितिले अनुमति दिने पनि उहाँले जानकारी गराउनुभयो । अबको दुई/चार वर्षमा बीमा क्षेत्रको पेनिट्रेशन र कभरेज समेत बढ्ने उहाँले दाबी गर्नुभयो ।
यस्तै कम्पनीका अध्यक्ष राम बहादुर पाण्डेले नेपाली बीमा बजारको दायरालाई फराकिलो बनाउन टेवा पुग्ने बताउनुभयो । निम्न तथा मध्यम वर्गका परिवारलाई आथिक सुरक्षा प्रदान गर्ने र देशभरका गरिव तथा ग्रमिण क्षेत्रको सर्वसाधारणहरुमा बीमा पहुचँ पुर्याउने कम्पनीको उदेश्य रहेको वताउनुभयो ।
उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै प्रभु समुहको अध्यक्ष देबि भट्टचनले प्रभु समुहकै विद्यमान वित्तीय संजाल रहेको हुदाँ, कम्पनीले आफ्नै खातावालाको बीमा गराउने कार्यलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । यसका लागि प्रथम चरणमा प्रभु समुहकै संचालकहरुको बीमा गर्दै बढ्न सके आगामि पाँच वर्ष भित्रमा प्रभु लाइफ नेपालकै पहिलो बीमा सेवा प्रदायक कम्पनी बन्ने दाबी गर्नुभयो ।
कम्पनीको हाल एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुजि रहेको छ । बीमा समितिको निर्देशन अनुरुप जीवन बीमा कम्पनीहरुको चुक्ता पुजि दुई अर्ब हुनु पर्दछ ।