Nepal Life Insurance

आइएमई जनरलको शाखा विस्तार, ३६५ दिनै सेवा प्रदान गर्ने

प्रकाशित मिति: २९ मंसिर २०७४, शुक्रबार १५:४९

Beema News

बीमा न्युज,

काठमाडौ । आइएमई जनरल इन्स्योरेन्सले कम्पनीको शाखा विस्तार भएको छ । कम्पनीको २३ औं शाखा खिचापोखरी, काठमाण्डौंमा संचालनमा ल्याएको हो । कम्पनीको उक्त शाखा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले उद्घाटन गर्नुभएको छ ।

 

कम्पनीले छोटो समयमै आफ्नो साख स्थापित गर्न सफल भएकोमा अध्यक्ष चापागाईले लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा कर्मचारीहरुको प्रसंसा गर्नुभयो । उहाँले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहक महानुभावहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिन व्यवस्थापनलाई सुझाब सुझाव समेत दिनुभयो ।

कार्यक्रममा कम्पनीका संचालक समिति अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराउनुभयो ।

 

 

कम्पनीले आफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिन पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्सालबाट ३६५ दिने बीमा सेवा शुरु गरि सकेको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले जानकारी दिनुभयो ।

 

कम्पनीले २३ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टर र प्रधान कार्यालय सहित ३६ स्थानबाट सेवा प्रदान गरिरहेको छ । कम्पनीले निकट भविष्यमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर  जारी गरि चालु आर्थिक वर्षको अन्तसम्ममा कम्पनीको चुक्ता पूंजी ९७ करोड २० लाख पुयाउने तयारि गरेको छ । अबको २ महिना भित्र थप १६ शाखा तथा सम्पर्क कार्यालय खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....