बीमा न्युज,
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स र जनता बैंक बिच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो ।
अब जनता बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुवाट गुराँस लाइफ इन्स्योरेन्सकोे बीमा सेवा पाउने छन् । अहिले गुराँस लाइफका विभिन्न १२ वटा जीवन बीमा योजना संचालनमा छन् ।
गुराँस लाइफ इन्स्योरेन्सले हालै मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ ।