काठमाण्डौं । निर्जिवन बीमा व्यवसायीहरुको छाता संगठन नेपाल निर्जिवन बीमा व्यवसायी संघको अध्यक्षमा प्रभु इन्स्योरेन्सका राजेन्द्र मल्ल चयन भएका छन । काठमाण्डौंमा सम्पन पहिलो र दास्रो साधारण सभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।
व्यवसायीहरुको छाता संगठन नेपाल निर्जिवन बीमा व्यवसायी संघको अध्यक्षमा प्रभु इन्स्योरेन्सका राजेन्द्र मल्ल चयन भएका छन । काठमाण्डौंमा सम्पन पहिलो र दास्रो साधारण सभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।
प्रभु इन्स्योरेन्सका मल्ल अध्यक्षमा, उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका मनोहरदास मूल, महासचिवमा नेको इन्स्योरेन्सका रमेशकुमार निरौला,कोषाध्याक्षमा युनाईटेड इन्स्योरेन्सका विजयबहादुर श्रेष्ठ, सदस्यहरुमा क्रमशः हिमालयन जनरल इन्स्योरेन्सका महेन्द्र कृष्ण श्रेष्ठ, सिद्धार्थ इन्स्योरेन्सका पवन अग्रवाल र प्रिमियर इन्स्योरेन्सका बालकृष्ण श्रेष्ठलाई चयन गरिएको संघद्धारा निकालिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । उक्त साधारण सभाले आगामी दुई वर्षका लागि सर्वसम्मतिबाट यो कार्यसमितिको चयन गरेको हो । साथै साधारण सभाले सभा र्माफत नै अध्यक्षको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आयव्यय विवरण पारित गर्नुको साथै आ.व.२०७४ र ०७५ को लागि लेखापरिक्षकको नियुक्त गर्ने समेत निर्णय गरेको छ । इन्स्योरेन्स कम्पनीका अध्यक्ष वा संचालकहरुले निर्जिवन बीमा व्यवसायी संघमा प्रतिनिधित्व गर्नेछन ।