बीमा न्युज,
पौष ५, काठमाडौं – साताको चोथौं दिन बुधबार नेपाल स्टक इक्चेन्जमा गिरावट आएको छ । नेप्से नौ दशमलव २९ अंकले गिरावट आउँदा बीमा समूहमा पनि ४३ दशमलव ४९ अंकले घटेको छ ।
बीमा समूहमा बुधबार ४३ दशमलव ४९ अंकले गिरावट आउँदा परिसुचक सात हजार छ सय ७८ दशमलव पाँच बिनदुमा झरेको छ । बीमा समूहमा शून्य लशमलव ५६ अंकले परिवर्तन हुँदा सात करोड २९ लाख १६ हजार चार सय बराबरको कारोबार भएको छ ।
बुधबार कारोबार गर्ने बीमा समूहमा नेपाल लाइफ इन्स्योरेन्सको एक सय ३९ पटक कारोबार हुादा एक करोड २७ लाख आठ हजार छ सय नौ रुपैंया कारोबार भइ सुचिको दशौं स्थानमा पर्न सफल भएको छ ।
बुधबार बीमा समूहमा कमाउनेमा प्रिमियम इन्स्योरेन्स रहेको छ । भने गुमाउनेमा र प्रमोटर सेयरमा कुनैपनि बीमा समूहको रहेका छैनन् ।
बुधबार नेप्से नौ दशमलव २९ अंकले गिरावट आउँदा नेप्से परिसुचक १४ सय ८४ दशमलव ४७ बिनदुमा झरेको छ ।
बुधबार नेप्सेमा एक सय ५५ कम्पनीका नौ लाख ८३ हजार एक सय आठ कित्ता सेयरहरु चार हजार तिन सय ९१ वटा कारोबारबाट ४२ करोड ४३ लाख ७० हजार तिन सय ९३ रुपैंयामा किनबेच भएका छन ।