बीमा न्युज,
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रिमियर इन्स्योरेन्सलाई एफपीओ जारी गर्ने भएको छ । यस अघिनै धितापत्र बोर्डवाट अनुमति पाइसकेको प्रिमियरले यहि पुस १६ गते देखि एफपीओ जारी गर्न लागेको हो ।
कम्पनीले फेस भ्यालु १०० रुपैयाँमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्री गर्न लागेको हो ।
कम्पनीले संस्थापक र साधारण शेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो । कम्पनीको एफपीओ पुस १६ गतेदेखि पुस १९ गतेसम्म आवेदन गर्न सकिन्छ । लगानीकर्ताले न्यूनतम दश कित्ता अर्थात सात हजार ९९० रुपैयाँदेखि अधिकतम तीन हजार २९० कित्ता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।
कम्पनीको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आफ्नो खाता रहेको आश्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।
कम्पनीको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशन पश्चात चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।