बीमा न्युज,
काठमाडौं । एभरेष्ट बैंकले बीमा सुविधा भएको ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । यस निक्षेप खातामा सहभागि हुने ग्राहकहरुले पाँच लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
नयाँ सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले एक कार्यक्रमका बिच गर्नुभएको हो । बैंकले यस स्किममा खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट र ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्डसमेत उपलब्ध गराउने बैंकले जनाएको छ ।
बैंकको हाल ६४ शाखा, दुई वटा एक्स्टेन्सन काउन्टर, २६ राजस्व संकलन केन्द्र, ९४ एटिएम मेसिन र पाँच हजार एभरेष्ट रेमिटका भुक्तानी एजेण्टहरु रहेका छन ।