Nepal Life Insurance

सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा बित्तीय लगानी निवारणमा बीमक र बीमा समितिको योगदान

प्रकाशित मिति: ७ पुष २०७४, शुक्रबार १५:३६

Beema News

 

कमल रेग्मी
निर्देशक
बीमा समिति

 

जीवन तथा सम्पतिको रक्षावरण गर्ने प्राविधिक ब्यवसायका रुपमा बीमा रहेको छ । आपराधिक कृयाकलापबाट आर्जन गरेको अवैद्य सम्पतिलाई विभिन्न बहानामा वैद्य गराउने कार्य तिव्र रुपमा अगाडि बढि रहेको अवस्थामा रक्षावरण गर्ने जस्तो पवित्र बीमा ब्यवसायमा समेत यो अपराधिक कार्य प्रत्यक्ष वा परोक्ष रुपमा प्रवेश गरी बीमितको हक हनन गर्ने संभावनालाई समयमा नै आकलन गरी यो पेश ब्यवसायलाई सुरक्षीत, मर्यादीत तुल्याउन जरुरी छ । नेपालले शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तिय लगानी निवारणका महासन्धिमा प्रवितद्धता जनाइ कानुनी, संरचनागत ब्यवस्थाबाट कार्यन्वयनमा ल्याएको अवस्थामा बीमा समितिले समग्र बीमा ब्यवसायको संरक्षणका लागि बीमकको दर्ता,इजाजत, नियमन,निरिक्षणका माध्यमबाट यसलाई निरुत्साहीत गरी बीमक,बीमीत, लगानीकर्ता, शेयरधनी, मध्यस्थकर्ताको प्रत्यक्षसाथ सहयोगबाट समयमा नै यी कृयाकलापको आकलन गरी निष्तेज बनाउन छुट्टै सम्पत्ति शुद्धिकरण तथा आतंकारी क्रियाकलापमा वित्तिय लगानी निवारण निर्देशीका २०६९ जारी गरी कार्यन्वयनमा ल्याएको छ । यसको परिपालनामा नेपाल बीमक संघ, नेपाल सर्भेयर संघ,नेपाल बीमा पेशागत अभिकर्ता, संघ, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी , संचारकर्मी, शेयरधनी, सर्वसाधारण, लगानीकर्ताबाट बीमा समितिलाई पुर्णत साथ सहयोग गर्नु सबैको र्कतब्य हुन आउँदछ ।

भुमिका
विश्वमा आपराधिक कृयाकलापबाट आर्जन गरेको अवैध (कालो धन) सम्पतिलाई वैद्य (सेतो) गराउने कार्य तिव्र रुपमा अगाडि बढि रहेको छ । यस्तो आपराधिक कार्यको पहिचान, विश्लेषण, रिपोर्टिंङ, र कारवाही गर्ने कार्य नै सम्पत्ति सुद्धीकरण निवारण हो । अन्य वित्तिय क्षेत्रमा झै भौतिक तथा मानवीय पक्षको रक्षा गर्ने पवित्र बीमा ब्यवसायमा समेत यो अपराधिक कार्य प्रत्यक्ष वा परोक्ष रुपमा प्रवेश गरी रहेको छ भन्ने आम गुनासो रहेको छ । यसले बिमित(बीमालेख खरिद गर्ने)को हक, हितलाई तहस नहस बनाउनेदेखि बिमक(बीमा कम्पनी)लगानीकर्ता, शेयरधनी एवं राज्य पक्षलाई नै प्रत्यक्ष रुपमा हानी नोक्सानी गर्ने छ । यस्तो कार्यबाट भष्टाचार, चेलिवटी बेच विखन, लागु औषध, लगायत यावत अपराधजन्य कार्यलाई प्रोत्साहन तथा प्रवद्र्धन हुन भइ देश र जनता गरिबी हुने तर आपराधिक र्कयाकलापमा संलग्न हुने व्यक्ति धनी ,पहुचमा पुगी अन्ततः देश नै असफल राष्टको रुपमा पुग्न सक्ने खतरा हुन सक्दछ ।

विश्वमा यस्ता कार्यलाई सबै राष्ट मिलि निस्तेज तुल्याउन संयुक्त राष्ट संघको अहंम योगदान, भुमिका हुने हुँदा सुरक्षा परिषद्को बैठकबाट एक महासन्धिलाई राष्ट संघले पारित गरेको छ । उक्त पारितको पालना गर्नु,गराउनु सबै सदस्य राष्टको कतव्र्य हुन आउँदछ । नेपाल सरकारले समेत महासन्धिमा हस्ताक्षर गरी यसको पालनामा पुर्ण प्रवितद्धता जनाइ आफ्नो क्षमता, दक्षता, साधन, श्रोतले भ्याएसम्म हरेक पक्षबाट योगदान पुरयाइ रहेको छ । यसका लागि नेपाल सरकारले कानुनी रुपमा सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४, नियमावली २०७३, निर्देशीका, कार्यविधि, आदेशहरु जारी गरेको छ भने यसको कार्यान्यन गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट बैंक, वित्तिय संस्था र सराकारवालासंग समन्यवन र सहकार्य गर्दै पुर्णतः पालना गर्न गराउनका लागी र सो हेर्ने छुट्टै अधिकार सम्मपन्न सम्पत्ति शुद्धिकरण निवारण विभाग स्थापना समेत गरेको छ ।

राज्यको अर्थतन्त्रमा प्रमुख दुई खम्बा मध्ये एक बैंक तथा वित्तिय संस्था हुन भने अर्को प्रमुख खम्बा बीमा ब्यवसाय हो । भनिन्छ बीमा ब्यवसायको विकाश हुन नसकेमा वास्तविक अर्थतन्त्रको विकाश हुन नसक्ने राय अर्थशास्त्रीहरुको रहेको छ । प्राकृतिक र मानवीय क्षति भएको सम्पत्तिको क्षतिपुति दिई अर्थतन्त्रलाई निरन्तर चलायमान बनाउने कार्य बिमा ब्यवसायबाट हुने कुरा सर्वविदितै छ । यस्तो पवित्र,योगदानमुखि, अर्थत्रन्त्र चलायमान गराइ राज्यको आर्थिक विकाश सम्मुन्त, समृद्धिमा कोषेढुणा सावित हुने बिमा ब्यवसायमा नै आपराधिक कृयाकलापबाट आर्जित सम्पत्तिको लगानी भएमा भविष्य कस्तो रहला जो कोहिले सहजै अनुमान लगाउन सक्दछ ।

अर्थतन्त्रलाई गति एवं पुर्नगति प्रदान गर्ने बीमा ब्यवसायको स्थापना,संचालन,विकाश,नियमन र नियन्त्रण गर्ने नियमाक निकायको रुपमा नेपाल सरकारको अधिकार सम्पन्न बीमा समिति रहेको छ । यो संस्थाको प्रमुख दायित्व बीमाको विकाश,विस्तार,बीमितको हक हित गर्नेदेखि लिएर नेपाल सरकारलाई बीमा क्षेत्रमा राय,सल्लाह,सुझाव दिने निकायका रुपमा बीमा ऐनद्धारा अधिकार सम्पन्न नियमनकारी निकाय हो । प्रचलित बीमा ऐन, २०४९ बीमा नियमावली २०५०, बीमक (बीमा कम्पनी) दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिक २०७३, समितिले समय समयमा जारी गरेका निर्देशीका एवं निर्देशनको अधिनमा रहि बीमा ब्यवसाय गर्न चाहने प्रस्तावित बीमकहरुलाई बीमा ब्यवसाय संचालन गर्न दर्ता गरी इजाजत प्रदान, दर्ता भएका बिमकको इजाजत नविकरण, बिमित(बीमालेख लिने व्यक्ति,संस्था)को हक हित बीमा ब्यवसायलाई ब्यवस्थित, विकसित, नियमित, नियन्त्रित गर्न नियमन, निरिक्षण, निर्देशन एवं कारोबार रोक्कादेखि दर्ता खारेजी सम्मको काम कारबाही गर्ने अधिकार बीमा समितिमा रहेको छ ।

यसरी बीमा क्षेत्रको अधिकार निकायबाट यावत नियमनका कार्यहरु भइ रहँदा नेपाल सरकारले अन्तराष्टिय स्तरमा गरेका प्रतिवद्धता एवं अपराधजन्य कार्यबाट प्राप्त शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई बीमा क्षेत्र निवारण, नियन्त्रण गर्ने सम्बन्धमा बीमा समितिको योगदान, भुमिका अहंम रहेकोमा कुनै दुई मत छैन । त्यसैले बीमा समितिले समेत बीमा ब्यवसायमा यस्ता अवैधानिक कार्य रोक्न नेपाल सरकारको सम्पत्ति शुद्धीकरण गर्ने कार्यलाई निवारण गर्न बनेको ऐन, २०६४ सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली २०७३, समय समयमा जारी गरेका नीति, निर्देशनहरुको पुर्णतः परिपालना गरी बीमकको दर्ता देखि नियमन सम्बन्धि कार्य गर्दै बीमा ब्यवसायलाई ब्यवस्थीत, नियमित, विकसित बनाउने कार्यमा पुर्णत जिम्मेवार भइ कार्य गरि रहेको छ । बीमा समितिको संचालक समितिमा अर्थ र कानुन मन्त्रालयको सह सचिव पदेन नेपाल सरकारले तोके अनुसार हुने हुँदा यो अवैध कार्य रोकन रहज एवं मुख्य कर्तव्य रहनेछ । नेपाल सरकारको सबै ऐन, नियम, आदेश पालना गर्नु बीमा समितिको कर्तब्य रहेकोले यस्ता कार्य रोक्न समिति लागी परिरहेको छ ।

बीमा समितिबाट भएका प्रयासहरु
समितिले सम्पत्ति शुद्धिकरण तथा आतंकारी क्रियाकलापमा वित्तिय लगानी निवारण महासन्धि लागु हुनु अघि एवं सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४स नियमावली, २०७३स निर्देशीका, कार्यविधि, आदेश हुनु अघिदेखि नै बीमा ब्यवसायको स्थापना,संचालन,नियमन र नियमनको क्षेत्रमा सम्पत्ति शुद्धिकरण तथा आतंकारी क्रियाकलापमा वित्तिय लगानी निवारण गर्न प्रयासरत रहेको अभिलेखले देखाउँदछ । बिमकको दर्ता गर्दा हुने लगानीको श्रोत पुष्ट्याईं माग गर्ने, बीमालेख जारी गर्ने समयमा बीमा शुल्क भुक्तानी गर्ने श्रोत के कस्तो रहेको छ सोको श्रोत माग गर्ने,एवं बिमाको सिद्धान्त अनुसार बीमा योग्य हितको सिद्धान्त अनुसारमा मात्र बीमालेख लिन पाउने आदि जस्ता अवैध सम्पत्तिलाई प्रत्यक्ष तथा परोक्ष रुपमा अबलम्न गरेको देखिन्छ ।

नेपाल सरकारले महासन्धि र सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४स नियमावली, निर्देशीका जारी गरेको केहि समयमा नै बीमा क्षेत्रमा लागानी हुनु अधिदेखि नै अपराधजन्य कार्यबाट प्राप्त रकमलाई बीमकहरुले लगानी गर्न सक्ने वा बीमीतहरुले बीमालेखको माध्यमबाट अवैध रकम वैद्य बनाउने कार्यलाई कानुनतः पुर्ण रुपमा प्रतिबन्द लगाई कारोबारको नियमित नियमन तथा निरिक्षण गरी समग्र बीमा ब्यवसायलाई सक्षम सवल, विश्वसनीय बनाउन बीमा समितिले छुट्टै सम्पत्ति शुद्धिकरण तथा आतंकारी क्रियाकलापमा वित्तिय लगानी निवारण निर्देशीका २०६९, जारी गरी कार्यन्वयनमा ल्याएको छ । यस निर्देशीकालाई सम्बन्धित ऐन, नियमावलिमा भएको संसोधन अनुसार समय सापेक्ष बनाइ सोही बमोजिम कार्य गर्दै आएको छ । साथै हालै पछिल्लो २०७३ को संसोधनलाई समितिबाट जारी निर्देशीकामा समावेश गरी संसोधनको मस्यौदा तयार गर्न बीमा समितिका सदस्य एवं कानुन मन्त्रालयका सह सचिवको संयोजकत्वमा एक उप समिति गठन गरी संसोधनको मस्यौदा प्रस्ताव तयार गर्ने कार्य प्रकृयामा रहेको छ । समितिले बीमकको संस्थागत शुसासन सम्बन्धि निर्देशीका २०७३ मा समेत परोक्ष रुपमा यस्ता अवैध कार्यलाई निरुत्साहित हुने किसिमबाट निर्देशनहरु समावेश गरी समय समयमा विभिन्न पुनरावलोकन समेत गर्दै आएकोछ ।

१. सम्पत्ति शुद्धिकरण तथा आतंकारी क्रियाकलापमा वित्तिय लगानी निवारण निर्देशीका २०६९, मा भएका मुख्य मुख्य ब्यवस्थाहरु

बिमक दर्ता हुनु अगाडि संस्थापक शेयरघनीको लगानीको श्रोत तथा वैधताको बारेमा विस्तृत विवरणहरु मग गरी नियन्त्रणको ब्यवस्था रहकोछ भने बीमक दर्ता भए पश्चात बीमा ब्यवसाय संचालन गर्दा बीमा गर्न आउने ग्राहक (बीमालेख खरिद गर्ने व्यक्ति वा संस्था), बीमा अभिकर्ता (बीमकको तर्फबाट कमिसन लिएर. मध्यस्थकर्ताको काम गर्ने इजाजतपत्र प्राप्त व्यक्ति,संस्था), सर्भेयर (क्षतिग्रस्त संपत्तिको आर्थिक मूल्यांकन , एडजस्टर र नोक्सानी मूल्यांकन गर्ने इजाजत प्राप्त व्यक्ति वा संस्था), दलाल (बीमक/बीमक बीच माध्यमको रुपमा काम गर्ने इजाजतपत्र प्राप्त व्यक्ति ), अन्य मध्यस्थर्ताहरुबाट बीमा व्यवसायहरुमा यस्ता कृयाकलाप हुन सक्ने भएकोले प्रत्येक बिमकले तिनिहरुको पहिचान गर्र्ने, शंकास्पद देखिएका गतिविधिको समान्य जाँचबझ, विस्तृत अनुसन्धान गरी सो प्रतिवेदन बीमा समिति र आवश्यक्ता अनुसार बित्तीय इकाइमा जानकारी दिन प्रत्येक बीमकमा एक छुट्टै प्रणालीको स्थापना गर्ने ब्यवस्था गरेको छ ।

उक्त प्रणालीले सो सम्बन्धि (ग्राहकको पहिचान, जाँचबुझ, कर्मचारी छनौटमा उच्च मयर्दा, कर्मचारीलाई आवश्यक तालिम) लगायतका बिषयहरु समावेश भएका कार्यक्रमहरु नियमित रुपमा संचालन गर्नु पर्ने ब्यवस्था निर्देशकिामा गरेको छ । बीमालेख लिन बीमा अभिकर्ताले प्रस्ताव गर्ने समयदेखि, प्रस्ताव फारम भर्ने, आम्दानीको श्रोतको जानकारी लिने प्रारम्भीक कार्य अभिकर्ताबाट हुने र बिमकलाई अण्डरराइटिड.(प्रस्ताव फारम प्राप्त भए पछि प्रस्तावकको प्रस्ताव उपर छानवीन गरी बीमालेख जारी गर्ने, नगर्ने कार्य) गर्दाको समयमा बढि सावधानी अवलम्बन गर्ने गरी ब्यवस्था मिलाएको छ । यदि कसैले सुचना लुकाई बीमालेख जारी गराएको, वेनामी वा अर्काको नामबाट बीमालेख जारी गराएको थाहा पाएमा तुरुन्त बीमालेख खारेजी गरी समितिलाई जानकारी दिने ब्यवस्था गरीएको छ ।

त्यस्तै निर्जिवन बीमालेखको हकमा बार्षिक रु तीनलाख र जीवन बीमाको हकमा बार्षिक रु एक लाख बीमा शुल्क( प्रिमियम) भुक्तानी गर्ने गरी बीमालेख जारी भएको पन्ध्र दिन भित्र अनुसुचि दुईको ढाँचामा वित्तिय जानकारी इकाइ(ँक्ष्ग्) र बीमा समितिमा जानकारी दिनु पर्ने ब्यवस्था गरेको छ । ती जानकारीहरु पाँच बर्षसम्म बीमकले सुरक्षीत रुपमा अभिलेख गर्नु पर्ने व्यवस्था निर्देशीकामा गरेको छ । बीमकलाई कुनै अस्पष्ट नहोस भन्नका लागि निर्देशिकामा नै इमेल र फोन नं.सम्म उल्लेख गरी सो शंकास्पद जानकारीलाई अभिलम्ब इकाइमा पठाउने ब्यवस्थालाई सहज तुल्याइएको छ ।

बीमकहरुले शंकास्पद बीमालेख जारी गरेको, वा भुक्तानी दिएको एवं इकाइमा दिनु पर्ने बिषयको जानकारी समयमा दिए, नदिएको नियमति वा आकस्मीक रुपमा निरिक्षण , अनुगमन गरी सो बिषयलाई नजिकबाट निगरानी गर्दै आएको छ । कुनै शंकास्पद बीमालेख जारी भएको वा बीचमा सरेण्डर (बीमालेखको अवधी भुक्तान नहुदै बीचमा नै रकम निकाल्ने) भएको वा म्याचुरीटी (बीमालेखको अवधि भुक्तान भए पछि बीमांक र बोनस सहित पाउने रकम) रकम भुक्तानी लिएको पाएमा प्रचलित सम्पीत्त शुद्धिकरण ऐन र नियमावली अनुसार लेखि पठाउने र बीमा ऐन अनुसार कारवाही गर्ने ब्यवस्था निर्देशीकामा गरेको छ ।

त्यसै गरी निर्देशीकमा संयुक्त राष्ट संघ, सुरक्षा परिषद्को निर्णय नं.बाह्र सय सत्तसठ्ठि र तेह्र सय त्रिहत्तर बमोजिमको बिशेष ब्यवस्था अनुसार अनिवार्य रुपमा बिमकले गर्नु पर्ने भनी निर्देशन दिएको छ । यससंग सम्बन्धित कार्य हेर्न प्रत्येक बीमकले कार्यान्वयन अधिकृत तोक्नु पर्ने र नीजलाई साधन, श्रोत र तालिमबाट सवल सक्षम बनाउनु पर्ने ब्यवस्था गरेको छ ।

असल नियतले यस्ता शंकास्पद क्रियाकलापको जानकारी कुनै कर्मचारीले दिएमा नीजको बचाउ बीमकले गर्नु पर्ने ब्यवस्था गरी कर्मचारीको सेवाको सुरक्षा समेते गरेको हुँदा कर्मचारीलाई कार्यमा उत्प्रेरणा श्रृजना गरेको देखिन्छ । बीमा समितबाट मस्यौदा भइ प्रस्ताव गरेको प्रस्तावीत बीमा विद्येयक अर्थ मन्त्रालय हुँदै कानुन मन्त्रालयमा पेश भएको छ, यस विद्येयकमा समेत यस सम्बन्धि कानुनी ब्यवस्था रहेकोछ ।

बीमा समितिले यस कार्यको समन्वय, निरिक्षण, अनुगमन गरी समितिलाई प्रतिवेदन गर्न एक स्वतन्त्र इकाइ बनार्ई जिम्मेवारी तोकिएको छ । इकाइबाट नियमति रुपमा यस बिषयसंग सम्बन्धित हुने निरिक्षणमा सहजकर्ताको रुपमा भुमिका निर्वाह गरि आवश्यकता अनुसार आफै वा आफु मातहतका कर्मचारीलाई बिषय विशेज्ञका रुपमा बीमकको निरिक्षणमा परिचालन गरी प्रतिवेदन तयार गरी बीमा समितको अध्यक्षलाई प्रतिवेदन पेश गर्ने गरी आन्तरिक ब्यवस्था मिलाएको छ । यस कार्यलाई प्रभावकारी कार्यान्वयनका लागि समितिका कर्मचररु र बीमकका कर्मचारीहरुलाई विभिन्न तालिमहरुको ब्यवस्था समेत गरी क्षमता अभिबृद्धिको कार्य गरिरहेको छ । समितिबाट निरिक्षणमा जाने सबै कर्मचारीहरुलाई उत्तराधिकारी योजना अनुसार निरन्तर रुपमा कर्मचारीहरुको विकाश समेत गर्दै आएको छ ।

 

विदेशी बीमा नियमनकारी निकायहरुको ब्यवस्था

१. आइ.ए.आइ.एस.( International Association of Insurance of Supervisory)
आइ.ए.आई.एस (International Association of Insurance of Supervisory) बीमा नियमनकारी निकायहरुको अन्तराष्टिय छाता संगठन हो । बीमा समिति यसको संस्थापक सदस्य रहि आएको छ । यसले बीमा ब्यवसायलाई व्यवस्थीत, मर्यादीत बनाउन बिभिन्न छब्बिस वटा कोर प्रिन्सिपलहरु (Core Principles) जारी गरेको छ । जस मध्ये कोर प्रिन्सिपल नं.बाइसमा (Anti-Money Laundering and Combating the Financing of Terrorism) सम्बन्धि ब्यवस्था गरेको छ । यसमा सहायक सात वटा उप बुँदाहरुमा विभाजीत गरेर कसरी बीमा ब्यवसायलाई शंकास्पद कारोबारबाट टाडै राखि नियमन, निरीक्षण गर्ने र बीमितको हक हित गर्ने सो ब्याख्या गरेको छ । प्रत्येक बर्ष आइ.ए.आई.एस.का सदस्य राष्ट र पर्यवेक्षकहरु सम्मिलितको बार्षिक बैठक बसि यस क्षेत्रमा देखिएका समस्याहरुलाई आपसि छलफलको माध्यमबाट समाधान गर्दै जाने गरेको छ । जुन नपाली बीमा क्षेत्र र बीमा समितिको लागि मार्गदर्शनका रुपमा उपयोग गर्ने गरेको छ ।

२. भारतीय बीमा नियमनकारी निकाय आइ आ.डी.ए.(Indian Regulatory Development Authority) मा भएका ब्यवस्था

बीमा क्षेत्रको नियमनकारी निकायमा आइ आ.डी.ए.को नाम लोकप्रिय रुपमा रहेको छ । नेपालको बीमा समितिले छिमेकी देशको अभ्यासलाई नजिकबाट नियलेर यस क्षेत्रमा देखिएका समस्याहरुलाई कसरी समयमा नै अध्ययन, बिश्लेषण गरी समाधान गर्न सकिन्छ भन्ने बिषयमा आ.डी.ए.को वेभ साइडलाई नियमित रुपमा भिजिट गर्ने गरेको छ । त्यहाँ नेपालमा भन्दा केहि बर्ष अधि यस सम्बन्धित कानुन र इकाहरुको ब्यवस्था गरेकोले नेपाली कानुन भन्दा थप सवलताहरु रहेका छन् । जस्तै वित्तिय इकाइमा जानकारी पठाएका सुचनाहरु नेपाली कानुनमा पाँच बर्षसम्म राख्ने ब्यवस्था रहेकोमा भारतमा दश बर्षसम्म राख्नु पर्ने ब्यवस्था रहेको छ । अनुगमन, मुल्यांकन र तालिममा बिशेष जोड दिने गरेको देखिन्छ ।

३. अन्य स्वदेशी, विदेशी अभ्यासहरु
अन्तराष्टीय रुपमा यस शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निरुसाहित गर्ने प्रयासहरु भइ रहेका छन् । नेपालमा २०७३ सालमा भएको तेश्रो सार्क स्तरीय नियमनकारी निकायहरुको सम्मेलनमा समेत यस बिषयमा छलफल भइ सबैको एक बद्धता हुन आवश्यक भएको जानकारी सहभागीबाट प्राप्त भएको थियो । बीमा क्षेत्रका अन्तराष्टिय संघ,संगठन ,बिशेषज्ञ, परामर्सदाताहरुको विभिन्न गोष्टी, सेमिनार,सम्मेलनमा यस बिषयलाई प्राथमिकताकासाथ उठान गरी निवारणका लागि सुझावहरु पेश गर्ने गरिन्छ ।

बीमक(बीमा कम्पनी)को भुमिका
दैनिक बीमालेख जारी गर्ने, दावि भुक्तानी गर्ने कार्य बिमक(बीमा कम्पनी)बाट हुने भएको हुँदा शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्ने कार्यलाई निरुसाहित गर्ने कार्यमा बिमकको अहंम भुमिका रहनेछ । बीमकको संचालक समिति, कार्यकारी अधिकृत, कार्यन्वयन अधिकृत, कर्मचारी, लेखापरिक्षक,अभिकर्ता,दलाल,सर्भेयर आदि सबै पक्ष बीमा कारोबार राख्ने वा अनुगमन, मूल्यांकन, लेखापरिक्षणको कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न हुने भएकोले सबै जिम्मेवार भइ सावधानी साथ यस कार्यमा सफलता ल्याउन भुमिका रहने देखिन्छ ।

बिशेष गरी बीमा अभिकर्ता बीमीत कहाँ प्रस्ताव लिएर जाने, प्रस्ताव फारम भराउने, आफुले स्वघोषणा गर्ने, नियमति रुपमा बीमा शुल्क भुक्तानी गरि दिने कार्यमा संलग्न रहन्छन् भने दैनिक रुपमा डेस्कमा बसि बीमालेखको प्रस्ताव फारमको मूल्यांकन गर्ने अण्डरराइटिड शाखामा र दावि भुक्तानी शाखामा कार्य गर्ने कर्मचारीहरुलाई यस क्षेत्रको जानकारी एवं आधारभुत तथा बिशेष तालिम आवश्यक रहन्छ । बीमकका कर्मचारीहरुलाई आधारभुत तालिम बीमा समिति र बीमकको संयुक्त प्रयासमा संचालन भइ सकेको छ भने बिशेष तालिम संचालन गर्नु पर्ने देखिन्छ । त्यस्तै कार्यकारी प्रमुख, कार्यान्वयन अधिकृत, लागनीकर्ता, मध्यस्थकर्ताहरुलाई समेत यस सम्बन्धित जानकारी र तालिम प्रदान गर्न आवश्यक्ता रहन्छ ।

देखिएका समस्या, चुनौतीहरु
नेपालमा बीमा ब्यवसायको विकाश क्रमशः बृद्धि भइ रहेकोले यदा कदा सामान्य घटना बाहेक सम्पत्ति शुद्धिकरण तथा आतंकारी क्रियाकलापमा वित्तिय लगानीका घटना नेपाली बीमा बजारमा कमै मात्र देख्ने र सुनिने गरेकोछ । नेपालमा केहि समयदेखि सिंगल प्रिमियम      (बीमा लेखअवधिमा एक पटक मात्र बीमा शुल्क भुक्तानी गर्ने) गर्ने गरी एक करोडसम्म बीमाङ्क (बीमा शुल्क र बोनस सहित भविष्यमा प्राप्त गर्ने रकम) रकम भएका बीमालेख जारी गर्ने एवं आम्दानी प्रयाप्त श्रोत नभएका व्यक्तिहरुले पचास लाभ भन्दा बढि बिमाङ्क भएका बीमालेख स्वीकृत गराउने साथै बीमालेख अवधि भुक्तान नहुँदै बीचमा नै सरेण्डर गरी रकम वैद्य बनाउने प्रयास अभ्यासमा रहेको देखिन्छ ।

यो शंकास्पद कारोबारलाई बीमा क्षेत्रमा प्रवेश गर्न नदिन समयमा नै कानुन बमोजिम कारवाही गरि निरुत्साहित बनाउन नियमित, प्रभावकारी रुपमा निरिक्षण गनै बीमा समितिमा प्रयाप्त जनशक्तिको कमि देखिन्छ । बीमकका कार्यकारी अधिकृत, कार्यान्वयन अधिकृत र कर्मचारीहरु, मध्यस्थकर्ता आदिलाई आधारभुत तथा बिशेष तालिमको कमि रहेकोछ । अभिकर्ताहरु बीमा ब्यवसायका आधारस्तम्भ भएकाले बीमालेखको प्रस्ताव फारम भर्ने समयदेखि सहभागी हुने भएको उनिहरुलाई यस बिषयमा चनाखो बनाउन अभिकर्ताको तालिमको पाठ्यक्रममा यस बिषयलाई समावेश गर्न आवश्यक छ । अभिकर्ताको भनाईमा विस्वास परी बीमालेख खरिद गर्ने भएकोले यस्तो आम्दानीको श्रोत नखुलेको रकमबाट बीमा शुल्क बुझाएमा भविष्यमा बिमा कम्पनीबाट दावि भुक्तानी नदिने कुराको जानकारी बिमितहरुमा कमि रहेको छ ।

बीमा क्षेत्रमा देखिएका समस्याका समाधानका उपायहरु
प्रस्तावीत बीमा विद्येयकमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तिय लगानी निवारणका सम्बन्धि कानुनी ब्यवस्था प्रष्ट रुपमा समावेश गरि ऐनमा स्थापीत गराई कानुनी रुपमा सवलता गराउने, समितिको मानवीय संसाधनलाई सवल,सक्षम बनाउने, नियमित अनुगमन, मुल्यांकन,निरिक्षण गर्ने, बिमकका कर्मचारी, मध्यस्थकर्ताहरुलाई अद्यावधिक रुपमा आधारभुत तथा बिशेष तालिम प्रदान गर्ने, मध्यस्थकर्ताहरुको तालिमको पाठ्यक्रममा यस बिषयलाई अनिवार्य गराउने, संचार माध्यमबाट प्रचार प्रसारमा ब्यापकता ल्याउने, बीमितहरुलाई यस्तो कार्य गरेमा रकम जफत सहित थप दण्ड सजाँय हुने कुराको सुसुचीत गर्न होल्डीङ बोर्ड राख्ने, एफ.एम.,पत्रपत्रिकामा जानकारीहरु प्रकासन,प्रसारण गर्ने, नागरीक शिक्षामा जोड दिने, यस क्षेत्रमा प्राविधिक रुपमा कार्य गरि रहेको सम्पति शुद्धिकरण विभागबाट समय समयमा बीमा समितिको समन्वयनमा बीमकहरुको अनुगमन गर्न प्राविधिक पक्षमा सहजकर्ताको भुमिका निर्वाह गर्न सके यो क्षेत्रलाई सदा विवादरहित र सुरक्षीत बनाई बीमितको हक हित गरी बीमा ब्यवसायलाई मर्यादीत,ब्यवस्थीत,विकसित बनाउन सकिन्छ ।

 



सन्दर्भ सामाग्रीहरु
१. सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४, कानुन ब्यवस्था किताब समिति,
२.सम्पत्ति शुद्धीकरण निवारण नियमावली , २०७३
३.सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (सूचीकृत व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का) नियमावली, २०७०
४.बीमा ऐन २०४९, कानुन ब्यवस्था किताब समिति,
५.बीमा नियमावली २०५०, कानुन ब्यवस्था किताब समिति ।
६.बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिक २०७३, बीमा समिति ।
७.सम्पत्ति शुद्धिकरण तथा आतंकारी क्रियाकलापमा वित्तिय लगानी निवारण निर्देशीका २०६९, बीमा समिति ।
८. बीमकको संस्थागत शुसासन सम्बन्धि निर्देशीका २०७३, बीमा समिति ।
९.बीमक(बीमा कम्पनी) दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिक २०७३, बीमा समिति ।
१०. बार्षिक प्रतिवेदन, बीमा समिति ।
११. बार्षिक प्रतिवेदन, सम्पत्ति शुद्धिकरण निकारण विभाग ।
१२. सम्पत्ति शुद्धिकरण निकारण पत्रिकाका अंकहरु, सम्पत्ति शुद्धिकरण निकारण विभाग ।
१३. रणनीति योजना २०६८—७३, सम्पत्ति शुद्धिकरण निकारण विभाग ।

१४. Insurance Regulatory Development Authority of India’s Website,IRDA.gov.in

१५. International Association Insurance Supervisors’ website,iaisweb.org

 

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....