Nepal Life Insurance

बीमा समुहमा १३८.८१ अंकको भारी गिरावट

प्रकाशित मिति: ११ पुष २०७४, मंगलवार १६:२४

Beema News

बीमा न्युज,
पुष ११, काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्चेन्जमा गिरावट देखिएको छ । केहि दिन देखि निरन्तर गिरावट हुदै आएको नेप्से आज अन्य समुह बाहेक कुनै पनि समुह सकारात्मक बन्न सकेको छैन् । आज नेप्से २० दशमलव ६४ अंकको सामान्य गिरावट देखिएको हो । यता बीमा समुहमा पनि १३८ दशमलव ८१ अंकले घटेको छ ।


मंगलबार बीमा समूहमा १३८ दशमलव ८१ अंकको भारि गिरावट आएको छ । सो अंकले गिरावट आउदाँ परिसुचक सात हजार चार सय ३६ दशमलव ५२ बिन्दुमा झरेको छ । एक दशमलव ८३ प्रतिशत अंकले परिवर्तन हुँदा बीमा समूहको आठ करोड ९२ लाख २२ हजार सात रुपैंया कारोबार भएको छ ।

मंगलबार बीमा समुहको धेरै कारोबार गर्ने शिर्ष सुचिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मात्रै रहेको छ । नेपल लाइफको एक करोड एक लाख ८५ हजार छ सय ७२ रुपैयाँ कारोबार भएको छ ।

कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै शिर्ष सुचिमा रहेको छ । नेपाल लाइफको एक सय ७८ पटक कारोबार भएको छ । मंगलबार धेरै कमाउने कुनै पनि बीमा कम्पनी शिर्ष सुचिमा रहेका छैनन तर र गुमाउनेमा लुम्बिनी जनरल रहेको छ ।

 

मंगलबार नेप्से २० दशमलब ६४ अंकले गिरावट आउँदा नेप्से परिसुचक १४ सय ४७ दशलमब ०४ विन्दुमा झरेको छ । नेप्सेमा एक सय ५९ कम्पनीका १० लाख ३८ हजार दुई सय ९८ कित्ता शेयरहरु छ हजार दुई सय पाँच वटा कारोबारबाट ५४ करोड दुई लाख ९१ हजार एक सय ४४ रुपैँयामा किनबेच भएका छन् ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....