Nepal Life Insurance

ज्योति लाइफ इन्स्योरेन्सको विभिन्न जिल्लामा तीन शाखा विस्तार

प्रकाशित मिति: ११ पुष २०७४, मंगलवार २०:३५

Beema News

बीमा न्युज,
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले विभिन्न जिल्लामा तीन शाखा विस्तार गरेको छ । कम्पनीले मकवानपुरको हेटौंडा, बागलुङ्गको बागलुङ्ग बजार र तनहुँको दमौलीमा नयाँ शाखा विस्तार गरेको हो ।

यसअघि कम्पनीको काठमाडौं उपत्यका भित्र तथा बाहिर गरी २३ शाखा तथा उपशाखाहरु थिए ।

कम्पनीले हालै मात्र एनएमबि बैंकसँग बैंकासुरेन्स सम्झौता गरेर पाँच प्रकारका जीवन वीमा योजना ल्याएको छ । यसका साथै कम्पनीले मंगलबारबाट ‘ज्योति एकल तथा सिमित अवधि सावधिक जीवन बीमालेख’ नामका नयाँ योजना थपेको छ ।

यस योजनामा सहभागी हुन चाहनेले एकमुष्ट रकम तिर्ने गरी वा सिमित अवधिभित्र भुक्तानी गर्ने गरी बीमालेख खरिद गर्न सकिन्छ । बीमितले जोखिम बहनका साथै आकर्षक प्रतिफल समेत पाउन सक्ने कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....