बीमा न्युज,
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको शाखा विस्तार भएको छ । कम्पनीको काठमाडौं स्थित चावहिलमा नयाँ शाखा विस्तार भएको हो ।
नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०७४र७५ को पहिलोे त्रैमासमा दुई करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भन्दा २१ प्रतिशतले बढी हो । सोही अवधिमा कम्पनीको चुक्तापूँजी पाँच प्रतिशतले बढेर ३० करोड १९ लाख र जगेडा कोषको रकम १२ प्रतिशतले बढेर १५ करोड ९९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले बीमा कोषमा १४ करोड ९६ लाख रुपैयाँ छुट्याएको छ ।