बीमा न्युज,
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी)ले बीमितका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मंगलबार कपिलवस्तु वोदारि–७ का मृतक रामधनी बानियाँकी श्रीमती राधादेवी कसौंधनलाई मृत्यु दावी वापत एक करोड १८ लाख २५ हजार नौं सय ७५ रुपैंयाको चेक भुक्तानी गरेको हो ।
चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले कसौंधनलाई हस्तान्तरण गर्नुभएको हो । शिवशक्ति चामल उद्योगका सञ्चालक मृतक बानियाँले शुरुमा एक लाख र दुई बर्ष पहिला मात्र थप एक करोडको जीवन बीमा गरेको थियो ।
कार्यक्रममा कम्पनी मार्के्टिङ प्रमुख स्मृतिराज कंडेल, तौलिहवा शाखा प्रमुख सुरेन्द्रकुमार कर्ण, गुल्मी शाखा प्रमुख तिर्थराज आचार्य लगायतको उपस्थिति रहेको थियो ।