बीमा न्युज,
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन हो । कम्पनीको आज सम्म कायम सेयरधनीले मात्र लाभांश पाइनेछ ।
कम्पनीले साधारण सभाको लागि पुस १४ गतेदेखि शेयरधनी किताब बन्द गर्ने हुनाले विहीबारसम्म सेयर किन्ने लगानीकर्ताले मात्र १५ प्रतिशत नगद लाभांश पाउनेछन् । बीमा समितिको निर्देशन अनुसार एक अर्ब रुपैयाँ पूँजी कायम गरिसकेको हुनाले यस बर्ष बोनस शेयर भने कम्पनीले बितरण गरेको छैन ।
पुस ३० गते हुने वार्षिक साधारण सभामा कम्पनीले गत असारमा कायम चुक्ता पूँजी ३८ करोड ५२ लाख रुपैयाँको १५ प्रतिशत (पाँच करोड ७७ लाख ८० हजार रुपैयाँ) नगद लाभांश बितरण गर्ने प्रस्ताव गर्दैछ । तर हिमालयन जनरलले भदौ ९ गतेसम्म १६६.६७ प्रतिशत हकप्रद निष्काशन गरी चुक्ता पूँजी एक अर्ब दुई करोड ४७ हजार रुपैयाँ पुर्याएको छ ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चालू आ.व को प्रथम त्रैमासिकमा दुई करोड २३ लाख रूपैयाँ खुद नाफा कमाएको र सेयर बुधबार प्रति कित्ता ५१२ रूपैयाँमा कारोबार भएको थियो ।