बीमा न्युज,
काठमाण्डौ – जीवन बीमा कम्पनीहरुले प्रवाह गर्दै आइरहेको बीमालेख धितोप्रति बिमितहरुको आकर्षण देखिन थालेको छ । आठ बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वीत्तिय विवरणलाई आधार मान्दा यस्तो कर्जा प्रवाह ४७ दशमलव ६४ प्रतिशतले बढेको हो ।
पहिलो त्रैमासिकको वीत्तिय विवरण अनरसार यो त्रैमासिकमा गुराँस लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको तुलनामा सबैभन्दा बढी प्रतिशतले बढेको छ । उक्त बैंकले गत आर्थिक वर्षको अवधिमा बीमालेख धितोपत्रमा छ करोड २१ लाख ८० हजार कर्जा प्रवाह गरेको थियो भने चालु आर्थिक वर्षको सोही अवधिमा एक सय ११ प्रतिशतले बढेर १३ करोड १६ लाख २२ हजार सेवा प्रवाह गरेको छ ।
सरल निति र अन्य र्बैंक तथा वीत्तिय संख्थाको तुलनामा कम ब्याजदरका कारण बीमितहरुको यस कर्जाप्रति आकर्ष बढेको हो । कतिपय कम्पनीले यस निति विपरित गइएको पाइएकाले यसबाट बीमालेख धितो कर्जा ब्यवस्थित र पारदर्शिता नहुने भएकाले यस अघि नै सञ्चालनमा आएका नौ बीमा कम्पनीले बीमितले गरेको बीमा शुल्क भुत्तानीका आधारमा बीमालेख धितोपत्र गर्दै आइरहेका छन । ति कम्पनीले यो कर्जा आठ देखि ११ प्रतिशत सम्म प्रवाह गर्दै आइरहेका छन ।