बीमा न्युज
पौष १४, काठमाडौं – नयाँ निर्जीवन बीमा कम्पनीहरु सानिमा, अजोड र नेपाल जनरलले साता लाइसेन्स पाउने भएका छन् । यी कम्पनीहरुले आवश्यक प्रक्रिया पुरा गरेका हुनाले बीमा समितिले अर्को साता लाइसेन्स प्रदान गर्न लागेको हो ।
बीमा समितिले पुस ७ गते भित्र आवश्यक रकम जम्मा गर्न भनेको र सोही अनुसार सानिमा, अजोड र नेपाल जनरलले एक अर्ब चुक्ता पुँजीको ७० प्रतिशत अर्थात ७० करोड रुपैंयाँ जम्मा गरेका थिए । यी कम्पनीहरुले ५५ करोड रुपैंयाँ वाणिज्य बैंकमा जम्मा गरेर बीमा समितिलाई एयरमार्क गर्नुपर्ने व्यवस्था छ भने बाँकी १५ करोड रुपैंयाँ चल्तीखातामा राख्नुपर्ने हुन्छ । असोज ८ गते यी तीन वटा नयाँ निर्जीवन बीमा कम्पनीहरुलाई सेवा सञ्चालन गर्नका लागि बीमा समितिले आसयपत्र दिँदै पुस ७ गतेभित्र प्रक्रिया पुरा गर्न भनेको थियो ।
अन्तत सबै प्रक्रिया पुरा गरे पछि यी कम्पनीहरुले लाइसेन्स प्राप्त गर्न सफल भएका हुन ।