बीमा न्युज,
काठमाडौं । प्रिमियर इन्स्योरेन्सले आज आइतबार देखि साढे छ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) को बिक्री खुला गरेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले छ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्रीमा ल्याएको हो ।
कम्पनीको एफपीओमा पुस १६ गतेदेखि पुस १९ गतेसम्म आवेदन गर्न सकिन्छ । लगानीकर्ताले न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकतम ३ हजार २९० किता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।
कम्पनीको चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको छ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
दोस्रो बजारमा यस कम्पनीको साधारण सेयरको मूल्य १३८६ रुपैयाँ हाराहारीमा रहेको छ ।