बीमा न्युज
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीको केही संस्थापकले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न खोजे पछि शेयर बिक्री प्रकृया अगाडि बढाइएको हो । सञ्चालक समितिको पुस १३ गते बसेकोे बैठकले संस्थापक शेयर बिक्रीका लागि अनुमति दिएका हो ।
कम्पनीले संस्थापक शेयर खरिद गर्न इच्छुक शेयरधनीलाई १५ दिनभित्र आवश्यक कागजात सहित लिन चाहेको शेयर कित्ता खुलाई निवेदन दिन भनेको छ । यो शेयर कम्पनीका संस्थापक शेयरधनीले मात्र किन्न सक्नेछन । शेयर किन्न चाहनेले कम्पनीको भवन, बबरमहलमा निवेदन दिनुपर्नेछ । संस्थापकबाट निवेदन नपरेको १५ दिनभित्र पनि भने कम्पनीले सर्वसाधारण लगानीकर्तालाई शेयर बिक्री प्रकृया अगाडि बढाउने छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चुक्ता पुँजी ५३ करोड ४५ लाख १८ हजार रुपैयाँ रहेको सिद्धार्थको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ७१ पैसा छ भने प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ६३ पैसा छ ।