बीमा न्युज,
पौष १७, काठमाडौ । सोमबार नेपाल स्टक एक्चेन्जमा वृद्धि भएको छ । लामो समय पछि सोमबार बल्ल नेप्सेका सुधार देखिएको हो । नेप्से ४४ दशमलव २२ अंकले वृद्धि हुँदा बीमा समूहमा पनि दुई सय ७० दशमलव आठ अंकले वृद्धि भएको छ ।
बीमा समूहमा दुई सय ७० दशमलव आठ अंकले वृद्धि हुँदा परिसुचक सात हजार चार सय ८३ दशमलव तीन अंकले वृद्धि भएको छ । तीन दशमलव ७५ अंकको प्रतिशतले परिवर्तन हुँदा बीमा समूहमा दश करोड ६९ लाख ४१ हजार रुपैंया कारोबार भएको छ ।
कारोबार रकमको आाधारमा दुईवटा बीमा कम्पनीहरु शिर्ष सुचिमा पर्न सफल भएको छ । शिर्ष सुचिमा नेपाल लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर रहेका छन । नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ८६ लाख ४५ हजार चार सय ४४ रुपैंयाको कारोबार शिर्ष सुचिको तेस्रो स्थानमा पर्न सफल भएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरको एक करोड ६७ लाख १३ हजार ६० रुपैयाँ कारोबार भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै शिर्ष सुचिमा रहेको छ । जसको एक सय ४९ पटक कारोबार भएको छ । सोमबार कमाउनेमा बीमा समूहको राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर र साधारण शेयर रहेको छ । गुमाउनेमा भने कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन् ।
नेप्से ४४ दशमलव २२ अंकले वृद्धि हुँदा नेप्से परिसुचक १४ सय ३४ दशमलव ८० बिन्दुले बढेको छ । नेप्से एक सयि ६३ कम्पनीका ११ लाख ३२ हजार ५८ कित्ता शेयरहरु पाँच हजार एक सय ६७ वटा कारोबारबाट ४९ करोड ४३ लाख १७ हजार दुई सय ११ रुपैंयामा किनबेच भएका छन ।