बीमा न्युज,
पौष १८, काठमाडौ । मंगलबार नेपाल स्टक एक्चेन्जमा सामान्य वृद्धि आएको छ । नेप्से दुई दशमलव ४४ अंकले वृद्धि हुँदा बीमा समूहमा भने ६१.३४ अंकले गिरावट आएको हो ।
बीमा समूहमा ६१.३४ अंकले गिरावट आउँदा परिसुचक सात हजार चार सय २१ दशमलव ६९ बिन्दुले झरेको छ । शून्य दशमलव ८४ अंकको प्रतिशतले परिवर्तन हुँदा ११ करोड ७५ लाख ४५ हजार रुपैंया कारोबार भएको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्रै रहेको छ । नेपाल लाइफको दुई करोड ५० लाख २१ हजार आठ सय ६४ रुपैंया कारोबार भएर शिर्ष सुचिको पाँचौ स्थानमा पर्न सफल भएको छ ।
यस्तै कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन जनरल रहेको छ । नेपाल लाइफको एक सय ४४ र हिमालयनको पनि एक सय ४४ पटक भएको छ । मंगलबार कमाउनेमा र गुमाउनेको शिर्ष सुचिमा कुनै पनि बीमा कम्पनीहरु रहेका छैनन् ।
नेप्से दुई दशमलव ४४ अंकले वृदि हुँदा परिसुचक १४ सय ३७ दशमलव २४ बिन्दुले बढेको छ । नेप्सेमा एक सय ६६ कम्पनीका १२ लाख ६२ हजार चार सय १७ कित्ता शेयरहरु छ हजार आठ सय दुई वटा कारोबारबाट ६३ करोड ३२ लाख २२ हजार चार सय १२ रुपैंयामा किनबेच भएका छन ।