बीमा न्युज,
पौष १९, काठमाडौ । ज्याती लाइफ इन्स्योरेन्सले पहिलो साधारणसभा गर्ने भएको छ । कम्पनीले साधारणसभाको विषेश प्रस्तावमा आइपिओ निश्कासन सहित आउँदो माघ १० गते पोखरामा साधारणसभा गर्ने भएको हो ।
कम्पनीले संस्थापकबाट ७० प्रतिशत हुने रकम एक अर्व ४५ करोड पुँजी कायम कम्पनीले आइपियोा निश्कासन पश्चात बीमा समितिले तोके बमोजिम दुई अर्व पुँजी रकम पुग्नेछ । कम्पनीले ६० करोड बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव सहित साधारणसभामा पारित गर्नेछ ।
ज्योती लाइफ इन्स्योरेन्स गत बैशाख १४ गतेबाट कम्पनी रजिष्टार कार्यालयमा दर्ता भइ असार २० गते सञ्चालक समितिबाट इजाजतपत्र लिएको थियो । भदौ १९ गते कारोबारको अन्तिम स्वीकृति लिएको कम्पनी असोज आठ गतेबाट सञ्चालनमा आएको थियो ।
इन्स्योरेन्सको अध्यक्षमा नेपाल उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पशुपति पुरार हरेका छन । एनआइसी एसिया बैंक समेत कम्पनीको प्रबन्धक रहेको कम्पनीको रजिष्ट्रार कार्यालाय कास्की पोखरा र केन्द्रिय कार्यालय शान्ता प्लाजा काठमाडौंमा रहेको कम्पनीले जानकारी दिएको छ ।