बीमा न्युज,
पौष १९
काठमाडौ । बुधबार नेपाल इस्टक एक्चेन्जमा गिरावट आएको छ । नेप्से २० दशमलव ६३ अंकले गिरावट आउँदा बीमा समूहमा एक सय ३४ दशमलव ८२ अंकले भारी गिरावट आएको छ ।
बीमा समूहमा एक सय ३४ दशमलव ८२ अंकले गिरावट आउादा परिसुचक सात हजार दुई ८६ दशमलव ८७ बिन्दुले झरेको छ ।ं एक दशमलव ८२ अंकले परिवर्तन हुँदा बीमा समूहको सात करोड ९७ लाख ४९ हजार आठ सय रुपैंयाको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा तिन बीमा कम्पनीहरु शिर्ष स्थानमा रहेका छन । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ६२ लाख ४८ हजार १३ रुपैंयाको कारोबार भई शिर्ष सुचिको आठौं स्थानमा पर्न सफल भएको छ । एनएलजी इन्स्योरेन्सको ९४ लाख ७६ हजार नौ सय ६३ रुपैंयाको कारोबार भइ शिर्ष सुचिको नवौं स्थानमा पर्न सफल भएको छ । भने प्रभु इन्स्योरेन्सको ७८ लाख १४ हजार चार रुपैंयाको कारोबार भइ शिर्ष सुचिको दशौं स्थानमा पर्न सफल भएको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफ मात्रै रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको एक सय २८ पटक कारोबार भएको छ । भने शेयरको आधारमा बीमा समूहको साधारण र प्रमोट गरि कुनैपनि शेयर लगानी रहेको छैनन् ।
बुधबार कमाउनेमा कुनैपनि बीमा समूह रहेका छैनन् । भने गुमाउनेमा सूर्या लाइफ इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स रहेका छन ।
नेप्से २० दशमलव ६३ अंकले गिरावट आउँदा परिसुचक १४ सय १६ दशमलव ६१ बिन्दुले झरेको छ । नेप्सेमा एक सय ५५ कम्पनीका आठ लाख ९० हजार चार सय ६३ कित्ता शेयरहरु पाँच हजार ५९ वटा कारोबारबाट ४४ करोड ५५ लाख ४६ हजार पाँच सय ७५ रुपैंयामा किनबेच भएका छन ।